शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा, यो वर्षदेखि रेड कार्पेट पनि हुने

स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा, यो वर्षदेखि रेड कार्पेट पनि हुने

मञ्चको आयोजनामा हुँदै आएको १९औं संस्करणको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा मंगलबार एक भव्य समारोहबीच सञ्चालन हुनेछ। सोही अवार्डको तयारी पूरा भएको मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिएका हुन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं-  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले  आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा भएको जनाएको छ।
मञ्चको आयोजनामा हुँदै आएको १९औं संस्करणको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा मंगलबार एक भव्य समारोहबीच सञ्चालन हुनेछ। सोही अवार्डको तयारी पूरा भएको मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिएका हुन्।

triton college

‘हामीले यो अवार्डको लागि एक महिनाभन्दा अगाडिदेखि तयारी गरिरहेका छौं। त्यसैले एकदिन अगाडि समारोहका काम मात्र बाँकी थियो। आयोजना स्थललगायत केही काम पनि सोमबार नै सम्पन्न भएपछि हाम्रो तयारी पूरा भएको छ,’ कार्यवहाक अध्यक्ष अधिकारीले भने। मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ।

१९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ। यस पटक अवार्डमा नयाँ प्रस्तुती थपिएकाले विशेष बन्ने विश्वास रहेको मञ्चका कार्यवहाक अध्यक्ष अधिकारीको विश्वास छ। ‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड सोहरू कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पनि रेड कार्पेटको थालनी गर्दैछौं। अवार्डको मुख्य समोराहको एक घन्टा अगाडिदेखि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रशारण हुनेछ,’अधिकारीले भने, ‘त्यसबाहेक अन्य विशेष प्रस्तुत पनि यस पटकदेखि सुरु गरिएको छ।’ 
मञ्चले खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दै छ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिनेछ। अन्य पाँच विधामा ५/५ खेलाडी मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। जसअन्तर्गत पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन्।

ईसेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षक र मञ्चका सदस्यको मतमार्फत पिपल्स अवार्डको विजेता तय हुनेछ। यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्। वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन्। वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन्।
वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्। विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन्। यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका छन्। सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 06, 2023| 20:16 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।