शनिबार, वैशाख ८, २०८१

जितसँगै सकियो नेपालको लिग २ अन्तर्गतको युएई शृंखला

आईसीसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले युएईसँग ४२ रनको जित निकालेको छ।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले युएईसँग ४२ रनको जित निकालेको छ। गएको फेब्रुअरी २९ मा सुरु भएको युएईको शृंखला नेपालले तेस्रो जितसँगै टुंग्याएको हो।

triton college

दुबई अन्तर्राष्ट्रिय रंगशालामा मा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो। यससँगै नेपालले घरेलु टिमलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा युएइ ले  ४५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८७ रन बनाएको थियो। यससँगै उसले हार बिहोरेको हो। युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धसतक प्रहार गरेका थिए। दिपेन्द्र सिंह ऐरीको हातबाट आउट भएका लाक्राले ७८ बलमा ५० रन जोडे। त्यस्तै आसिफ खानले पनि ९९ बलमा ७० रन बनाए। भृत्य अरविन्द १३ रनमा आउट भए भने बाँकी खेलाडीले बिर्सन लायक प्ररदर्शन गरे। रिजवन पनि सात रनमै सोमपालले दिपेन्द्रको हातबाट क्याचआउट गराए।

नेपालका लागि दिपेन्द्रसँगै सोमपाल कामीले ३-३ विकेट गिराएका थिए।

त्यसअघिको पहिलो पारीमा युएईविरुद्धको खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले पहिलो एकदिवसीय अर्धसतक पूरा गरेका थिए। खेलमा ७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका थिए।

corrent noodles
Metro Mart

६८ रन हुँदै ५ विकेट गुमाएर खराब प्रदर्शन गरेको नेपालका लागि सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै १०० रन पुर्याएका थिए हानेका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछानेले व्यक्तिगत २७ रनमा क्याचआउट हुँदै गर्दा ४० बल खेलेर १ चौका हानिसकेका थिए।

नेपालका लागि ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भएका थिए। युएईका लागि जुनाइद सिद्धिकीले तीन विकेट गिराए भने  रोहन मुस्तफा र आयन लाक्राले २–२ तथा कार्तिक मैयाप्पनलेले १–१ विकेट लिएका थिए।

प्रकाशित: Mar 06, 2023| 19:06 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।