शनिबार, कात्तिक ८, २०८२

भीम सार्कीले पूरा गरे युएईविरुद्ध एकदिवसीय अर्धसतक

७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका हुन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– आईसीइसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत युएईविरुद्धको खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले पहिलो एकदिवसीय अर्धसतक पूरा गरेका छन्।

Kumaribank

शनिबार भइरहेका खेलमा ७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका हुन्।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन हानेका थिए। तर ३२औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट हुँदै ४० बल खेलेर १ चौका हिर्काए। नेपालका लागि ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।

युएईका लागि जुनाइद सिद्धिकी र आयन लाक्राले २–२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १–१ विकेट लिए। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले ३७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएर खेलिरहेको छ। क्रिजमा आरिफ सेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: Mar 06, 2023| 14:54 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।