शुक्रबार, भदौ १२, २०८३

नेपाली महिला भलिबल टिमले मनायो होली

 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं- नेपाली महिला राष्ट्रिय भलिबल टिमले बन्द प्रशिक्षणमै होली पर्वको उत्सव मनाएको छ। नेपाली महिला भलिबल टिमले आउँदो महिनामा हुने साउथ एसियन काभा महिला भलिबल च्यालेन्ज कपको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली महिला टिमले होली उत्सव मनाएको हो।

नेपाली टिम गएको यही फागुन ७ गतेबाट बन्द प्रशिक्षणमा रहेको छ। नेपाल भलिबल संघले यो बन्द प्रशिक्षण चीनमा हुने एसियाली खेलकुदका लागि पनि रहेको बताएका छन्।

च्याम्पियनसिपको लागि भलिबल संघले २१ सदस्सिय टिम घोषणा गरेको थियो। नेपाले यसअघि लगातार दुई पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो। त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले महिला भलिबल टिमलाई एसियाली खेलकुदमा पनि समावेश गर्ने जानकारी दिएको हो।

प्रकाशित: Mar 06, 2023| 13:40 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।