काठमाडौं– युएईविरुद्ध ब्याटिङ गरिहेका नेपालका शीर्ष क्रममा पाँच ब्यारट आउट भएका छन्। युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नेपालले सुरुआतमै पाँच विकेट गुमाएको हो।
खेलको १७ ओभर एक बल सम्ममा नेपालका ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन्। खेकाले चौथो ओभर सम्ममा ११ रन बनाएका ज्ञानेन्द्र आउट भएका थिए।
त्यस्तै, आसिफ शेख छ रनमा आउट भए भने कप्तान रोहित पौडेल र १ रनमै आउट भए। कुशल मल्लले ३२ रन बनाए पनि त्यो भन्दा धेरै मैदानमा टिक्न सकेनन्।
नेपाली टिमको विश्वासिला ब्याटर दिपेन्द्र सिंह ऐरी पनि चार रनमै आउट भएपछि नेपाली टिमले १८ औं ओभरको पहिलो बलमा पाँच विकेट गुमाएर ६८ रन बनाएको कमजोर अवस्थामा छ। त्यसपछि मैदानमा भीम सार्की र सन्दिप लामिछाने छन्।