आइतबार, वैशाख १३, २०८३

शृंखलाको अन्तिम खेलमा नेपाल र युएई भिड्दै

 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको अन्तिम खेल आज दुबई रंगशालामा हुँदैछ। उक्त खेलमा नेपालले आयोजक टिम युएईको सामना गर्न लागेको हो।

National life

यो शृंखलामा विदेशमा हुने शृंखलामध्ये नेपालका लागि अन्तिम शृंखलामात्र होइन अन्तिम खेलसमेत हो। त्यसैले नेपाल यो खेलमा जित निकाल्दै युएईसँगको अंकदुरी घटाउने मात्र होइन पाँचौ स्थानमा बढुवा हुन चहान्छ। अहिले युएई नेपालभन्दा एक अंकले अघि रहेको छ। यता, नेपालले ३० खेल मात्र खेलेको छ भने युएईले एक खेल धेरै खेलेको छ। यद्यपी नेपालको नेट रन रेट युएईको भन्दा कम रहेको छ।

यदी आजको खेलमा जित निकाल्न सके नेपालले यूएईलाई एक अंक पछि छोड्ने छ। त्यसैले नेपालको पहिलो लक्ष्य भनेको जित निकाल्ने हुनेछ।  जारी शृंखलाको यसअघिको खेलमा भने नेपालले तीन खेलमध्ये दुईमा जित निकालेको छ।
तर युएईसँगको पछिल्लो खेलमा भने नेपालले जित निकाल्न सकेन। तर आज पौने १२ बजेबाट सुरु हुने खेलमा नेपाल जितको लक्ष्यसँगै मैदान उत्रने छ। युएईसँगको खेलमा हार बेहोरेपछि नेपालको लागतार छ जितको शृंखला तोडिएको थियो। त्यसैले आजको खेलमा जित निकालेर फेरी नेपाल जितको नयाँ शृंखला अघि बढाउन चहान्छ।

यद्यपी आजको खेलमा ओपनिङ ब्याटर कुशल भुर्तेल हुनेछैनन्। उनी चोटको कारण टिमबाहिर रहने भएका छन्। त्यसैले नेपाल क्रिकेट संघ क्यानले उनको ठाउँमा सन्दीप जोरालाई स्थान दिएको छ।

प्रकाशित: Mar 06, 2023| 10:33 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।