मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली-दाहालको दुर्इ घण्टाको छलफलपछि सचिवालय बैठक आव्हान

ओली-दाहालको दुर्इ घण्टाको छलफलपछि सचिवालय बैठक आव्हान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको दुर्इ घण्टा लामो छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय गरेका छन्। 

नेकपाको शक्तिशाली भनिएको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ। पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाउने निर्णय भएको महासचिव विष्णु पौडेलले बताए।  

नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले चर्को असन्तुष्टि जनाउँदै आएका छन् । 

गत साता दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको आलोचना गरेका थिए भने बाहिर आफु पक्षीय स्थायी समिति सदस्य भेला गरेर अध्यक्ष ओली र प्रचण्डको आलोचना गरेका थिए। 

खासगरी नेकपामा दोहोरो जिम्मेवारी नदिने भनिएपनि प्रदेश कमिटीको नेतृत्व चयन गर्दा आफु नजिकका नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेपालले विरोध गरेका छन्।

प्रदेश ५ का सबै जिल्लामा नेकपाको कार्यदल गठन

नेकपाले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ।

नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ।

'जनताको असन्तुष्टिमा कांग्रेसको राजनीति'

शुक्रबार नेकपा प्रदेश कमिटीको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताहरुको असन्तुष्टिभित्र खेलेर कांग्रेस नेतृत्वले राजनीति गरिरहेको बताएका हुन् ।

सरकारको विरोधलाई राम्रो काम गर्ने प्रयास गर्दाको विरोध भएको दावी गर्दै उनले मुलुकमा अस्थिरता फैलाउने तत्वले नियोजित रुपमा सरकारविरोधी गतिविधि गरेको दाबी गरे। पार्टीको नेतृत्व पंक्तिमा हाल देखा परेको विवाद व्यवस्थापनको सीमा भन्दा बाहिर नगएको बताउदै उनले निकट भविष्यमै विवाद व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

नेकपा ५ नम्बर प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले वाम गठवन्धन सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताउदै जनताले छिट्टै परिवर्तनको अनुभूति गर्न पाउने विश्वास व्यक्त गरीन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।