आइतबार, वैशाख १३, २०८३

जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

National life
kumari

काठमाडौं- ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बृहत खेलकुद महोत्सवअन्तर्गत जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने ज्याकी महर्जनले जनाएका छन्। पुरुष/महिला खुला सिंगल्स, ब्वाइज/गर्ल्स यु–१२ र यु–१६ सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला ३५ वर्षमाथि स्पर्धामा खेल हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको छुट्टै पुरुष सिंगल्स ‘बी’ मा पनि प्रतिस्पर्धा हुनेछ।

मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रा लि, सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामाग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन्।

प्रतियोगिताका लागि आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन र प्रतियोगिता संयोजक राजेन्द्र कपालीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे। 

प्रकाशित: Mar 05, 2023| 20:25 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।