शुक्रबार, कात्तिक ७, २०८२

ए डिभिजन लिगः सातदोबाटोको जित, बराबरीमा रोकियो आर्मी

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २–१ ले हराएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २–१ ले हराएको छ। आइतबार दिउँसो च्यासल रंगशालामा सम्पन्न भएको खेलमा सातदोबाटोले जित निकालेको हो।

Kumaribank

खेलको पहिलो हाफमा १–१ को बराबरी भए पनि दास्रो हाफमा सातदोबाटोले एक गोल थप गर्दै जित निकालेको हो। 

सातदोबाटोको जितमा दिपक राज ठकुरीले नै दुवै गोल गरेका थिए। यता एनआरटीका निकोलस सङले एक गोल फर्काएका थिए। आइतबार दिउँसो नै सम्पन्न भएको अर्को खेलमा भने त्रिभुवन आर्मी क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा सम्पन्न भएको खेलमा संकटा र आर्मीले गोल गर्न सकेनन्। आज बराबरी खेलेसँगै आर्मीका सहायक प्रशिषक राजु तामाङले यो खेलमा अपेक्षकृत नतिजा निकाल्न नसकेको बताएका छन्।
‘हाम्रो लक्ष्य जित थियो। आर्मीका लागि बराबरी सुखद नतिजा होइन। हाम्रो महत्वपूर्ण खेलाडी अष्ट्रेलिया गएर नयाँ खेलाडी आएपछि टिममा तालमेल मिलिरहेको छैन। अब आउने खेलमा राम्रो गर्ने प्रयास गर्नेछौं,’ तामाङले भने।

प्रकाशित: Mar 05, 2023| 20:18 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।