शनिबार, कात्तिक ८, २०८२

डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित

आइतबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियनसले जावलाखेल युथ क्लबसँग ३–१ को हार बेहोरेको हो।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मन्छिन्द्र क्लब दुई दिन अघिबाट सुरु भएको लिगको पहिलो खेलमै पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियनसले जावलाखेल युथ क्लबसँग ३–१ को हार बेहोरेको हो।

Kumaribank

खेलको पहिलो हाफमा गोल गर्दै मछिन्द्रले एक गोलको अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले गोल गरेका थिए। तर पहिलो हाफमा बनाएको अग्रता मछिन्द्रले जोगाउन सकेन।

दास्रो हाफमा जावलाखेलले तीन गोल फर्कायो। जावलाखेलेका लागि हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले समान १–१ गोल गरेका थिए।

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले १९ खेलदपछी हार बेहोरेको हो। ए डिभिजनमा रहेका बाँकी सबै टिमभन्दा धेरै खेलमा जित निकालिरहेको उसले आज हार बेहोर्‍यो।
यो जितसँगै जवालाखेलले तीन अंक जोडेको छ भने पहिलो चरणमा मछिन्द्र अंकविहिन रहेको छ।

प्रकाशित: Mar 05, 2023| 19:47 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।