मंगलबार, साउन ५, २०८३

‘ब्याज खाने नेताले कर्णालीलाई गरिब बनाए’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ब्याज खाने नेताका कारण कर्णाली सधैं गरिब भएको बताएका छन्। 

विवेकशील साझा पार्टी कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले यस्तो बताएका हुन । ‘१४–१५ वर्ष जेल बसेका नेताले जेलबाट आइसकेपछि ब्याज खान खोजे, जसले गर्दा कर्णाली सधैं गरिब भयो।’ 

संयोजक मिश्रले भने, ‘जसले कर्णाली गरिब छ भन्दै बर्षैसम्म राजनीति गरे आज तिनैले कर्णाली झन गरिब बनाए।’ दश वर्षे युद्ध, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरेका नेताले ब्याज खाएकै कारण समग्र देश  गरिब भएको उनको भनाई थियो। 

‘आज दुई तिहाइको सरकारका प्रधानमन्त्रीले नेताहरुलाई अरिंगाल बन्नु भन्छन्’, मिश्रले थपे, ‘अनि अरिंगाल जस्ता नेताले जनतालाई टोक्ने र चुस्ने काम गर्दैनन्?’ 

सरकारमा बस्नेतले महंगी र कालोबजारी गरेर घुमाउरो पाराले जनता चुसिरहेको उनको तर्क थियो। भाषणको अधिकांस समय काँग्रेस र कम्युनिष्टको विरोधमै खर्चिएका मिश्रले देश विकास नहुनुको मुख्य दोषी पनि उनीहरु नै भएको आरोप लगाए। 

‘भताभुंग भएको कांग्रेस र लथालिंग भएको कम्युनिष्टकै कारण देशको विकास भएन्’, मिश्रले भने ‘अबको १० वर्षभित्र नेपाल बनाउने जिम्मा हाम्रो हो।’ काँग्रस र कम्यृुनिष्टका बुढा नेताहरुले नयाँ पुस्तालाई आर्शिवाद दिएर राजनीतिबाट विश्राम लिनु पर्ने उनको धारणा थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।