मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरी बलात्कारपछि हत्या गर्ने युवकलार्इ सर्वस्वसहित जन्मकैद

किशोरी बलात्कारपछि हत्या गर्ने युवकलार्इ सर्वस्वसहित जन्मकैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछी हत्या भएको २ महिना बढी भईसक्दा समेत वास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 

जिल्ला अदालत बैतडीका श्रेस्तेदार भिमप्रसाद भुसालका अनुसार डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो। 

जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त कैद सजाय सुनाएको श्रेस्तेदार भुसालले बताए।  कैद सजाय सुनाइएका जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ बर्षीया डम्बरा भट्टलाई जवरजस्तीकरणी गरी हत्या गरेको थियो। 

पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयवाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरी हत्या गरेको अभियोग पुष्टि भएपछि उक्त सजाय सुनाईएको श्रेस्तेदार भुसालले बताए। उनले भने ‘जोशीमाथि लागेको अभियोग पुष्टी भएपछि अदालतले सजाय सुनाएको हो। अदालतको आदेश अनुसार जोशीलाई कारागार चालन गरिएको छ।’

यस्तै बैतडीको मेलौली नगरपालिका २ का २९ बर्षीय किशोरराम ओडले १४ बर्ष कम उमेरकी आफ्नै सालीलाई जबरजस्तीकरणी गरेको पुष्टि भएपछी जिल्ला अदालतले उनलाई पनि ८ बर्ष कैद र ४० हजार क्षतीपुर्तीको फैसला सुनाएको छ।  

ओडले गत जेठ ८ गते आफ्नै सालीलाई जबरजस्ती करणी गरेको थियो ।  न्यायधिश माधवप्रसाद अधिकारीको इजलासले शुक्रबार ओडलाई सो सजाय तोकेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।