शुक्रबार, कात्तिक ७, २०८२

तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई दुई स्वर्ण

नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जितेका छन्। पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए। 
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ। स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो।
श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए। 

नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जितेका छन्। पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए। 

मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो।
नेपाली कराँते टोलीको नेतृत्व नेपाल कराँते महासंघ महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए। टिम व्यवस्थापकमा जेनिश पन्थी थिए।

प्रकाशित: Mar 05, 2023| 14:12 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।