शुक्रबार, फागुन १, २०८२

यू-२० एसिया कप छनोट खेल्ने नेपाली महिला टिमको विदाइ

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं-  एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन जाने नेपाली टोली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बिदाइ गरेको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा आज एन्फाले प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो।

National life

आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने गर्ने नेपाली टिम छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड छन्। अब नेपालले खेल्ने छनोटको पहिलो चरणसमेत हो। पहिलो चरणको छनोटमा नेपालले मार्च ८ मा प्यालेस्टाइन र १२ तारिखमा  नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ।

यो छनोटको समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ। दोस्रो चरणको छनोछ जुन ३ देखि ११ सम्म हुने आयोजकले जानकारी दिएको छ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।  यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोलीः
गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी

Laxmi sunrise bank

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

प्रकाशित: Mar 05, 2023| 12:06 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।