शनिबार, कात्तिक ८, २०८२

एम्बाप्पेले तोडे पिएसजीको गोल रेकर्ड

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- युवा फरवार्ड केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन्। एम्बाप्पेले शनिबार राति आफ्नो २४७ औं खेलमा २०१ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ता बने।

Kumaribank

उनले शनिबार राति पेम्बेलेको पासमा पाएको गोललाई अन्तिम मिनेटमा पोस्टमा छिराउँदै क्लबको लागि २०१ औं गोल गरेका थिए।

एम्बाप्पेको गोलसँगै पिएसजीले गएराति ४–२ को जित निकालेको थियो। तर उक्त खेलमा गोल गर्नका लागि एम्बाप्पेले ९२ मिनेटसम्म धैर्यता गर्नु परेको थियो। यसअघि पिएसजीमा सर्वाधिक  गोलकर्ताको सूचिमा एडिसन काभानी रहेका थिए।

अहिले एम्बाप्पेले उनको रेकर्ड तोडेका हुन्। यो सिजनमा मात्र फरवार्ड एम्बाप्पेले ३० गोल गरेका छन्। गएरातिको खेलमा नान्टेलाई हराउँदा मेस्सी र मेस्सी र ड्यानियालोले पनि गोल गरेका थिए।
 

प्रकाशित: Mar 05, 2023| 11:50 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।