मंगलबार, साउन ५, २०८३

नेपाल भारतलाई पराजित गर्दै फाइनल प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल प्रवेश गरेको  छ । नेपाली यु-१८  महिला फुटबल  टोलीले शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर धकेलिएको थियो । भुटानको चाङलिमिथाङ रंगशालामा भएको खेलको पहिलो हाफमा नै नेपालले अग्रता  लिएकाने थियो । नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । उनले रेखा पौडेलको थ्रो पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् ।

तर, दोस्रो हाफ नेपालले अग्रता जोगाउन सकेन् ।  नेपाल दोस्रो हाफमा एक गोल खादै खेल बराबरीमा आएको थियो ।  भारतका लागि खेलको ६२ औं मिनेटमा कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् । 

टाइब्रेकरमा नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।

 नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२-० ले पराजित गर्दा बंगलादेशसँग भने २-१ ले पराजित भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।