शुक्रबार, फागुन १, २०८२

प्रिमियर लिगमा आर्सनल, चेल्सी र सिटीको जित

इंग्लिस प्रिमियर लिगमा उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ। केही हप्ताअघिको खेलमा आर्सनलले म्यानचेस्टर सिटीसँग हार बेहोरेपछि उपाधिको शीर्षस्थानमा पुगेको सिटी र आर्सनलको उपाधि होड रोमाञ्चक बन्दै गएको हो।

National life

यी दुई क्लब शीर्षस्थानमा पुग्ने र झर्ने क्रम जारी छ। यद्यपी आर्सनलले सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेर लामो समय लिगलिडर बन्न सफल छ। यता गएरातिको खेलमा जित निकालेपछि आर्सनल शीर्षस्थानमा कायम रहेको छ। दुई खेलअघि नटम फरेस्टसँग बराबरी गरेपछि सिटीले दुई अंक गुमाएको थियो। यता आर्सनलले सिटीसँग हार बेहोरेपछि लगातार जित निकालिरहेको छ। त्यसैले अहिले आर्सनले पाँच अंकले अघि पुगेको छ।

गएराति आर्सनलले दुई गोेलले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को जित निकालेको थियो। उसलाई जित दिलाउनका लागि दोस्रो हाफकौ ६२ औं मिनेटमा थोमस पार्टी, बेन ह्वाइट र रिइस नेल्सनले गोल गरेका थिए।

त्यस्तै, पहिलो मिनेटमै बर्नमाउथका फिलिप बिलिङ र ५७ औं मिनेटमा मार्कोस सेन्सेइले गोल गरेका थिए। यता सिटीका फिल फोडेन र बर्नान्डो सिल्वाले गोल गरेपछि उसले न्युकासललाई २–० ले हराएको हो।

गएरातिको खेलमा चेल्सीले पनि लिड्स युनाइटेडलाई १ –० ले हराएको छ। चेल्सीका लागि वेजसले फोफानाले गोल गरेका थिए। यो जितसँगै ३४ अंक बनाएको चेल्सी १० औं स्थानमा रहेको छ। यता शीर्षस्थानको आर्सनलको ६३ अंक छ भने सिटी ५८ अंककासाथ दोस्रो स्थानमा छ। दुवैले समान २६ खेलमा सहभागीता जनाएका छन्।

Laxmi sunrise bank

प्रकाशित: Mar 05, 2023| 09:00 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।