मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्गन्धित माछामासुको बिक्रि, अनुगमनको सुइको पाउँदा पसल सञ्‍चालक फरार

दुर्गन्धित माछामासुको बिक्रि, अनुगमनको सुइको पाउँदा पसल सञ्‍चालक फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- धनगढीका मासु पसलहरुमा निकै व्यथिती भेटिएको छ। कुहिएर गन्हाउने माछा मासु तथा मरेको कुखुरा पनि बरफमा हालेर बिक्रिका लागि राखिएको भेटिएको छ। 

धनगढी उपमहानगरपालिका अर्न्तगतको संयुक्त बजार अनुगमन समितिले गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो। धेरै पहिले मारेर बिक्रिका लागि बरफमा राखेको आधा क्वीन्टल जति गन्‍हाउन थालेको माछा तथा १२ किलो जती गन्‍हाउन थालेको बाख्राको मासु अनुगमन टोलीले नियन्त्रणमा लिएर खाल्‍डोमा पुरेको छ। यस्तै जिउदो कुखुरासँगै बिक्रिका लागि राखिएको मरेको कुखुरा पनि भेटिएको छ। 

समितिले वडा नम्बर १ र ५ का १२ वटा मासु पसलमा गरेको अनुगमनका क्रममा पाँच वटा पसलमा माछा मासुमा निकै बेथिती भेटिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जानकारी दिए। ‘धेरै पहिले मारेर दुर्गन्धित भैसक्दा पनि बिक्रिका लागि माछा मासु बरफमा हालेर राखेको सम्म पाईयो’ बिष्टले भने,‘यसबाट त सडेको माछा मासु पनि बिक्रि हुने गरेको पुष्टि भएको छ।’ उनका अनुसार माछा मासु बिक्रिका लागि उपमहानगरपालिकाबाट इजाजत नै नलिएर पनि खुलेयाम बिक्रि भइरहेको पाईएको छ। 
    
बजार अनुगमन हुँदैछ भन्ने थाहा पाएर केही मासु पसल संचालक भने तुरुन्तै पसल बन्द गरेर लुकेका छन्। जस मध्ये पाँच वटा पसलले ढक तराजु नापतौल कार्यालयमा दर्ता नगरेकाले नापतौल कार्यालय पठाईएको छ।

यस्तै अनुगमन टोलीले धनगढीको हाटबजारमा पनि अनुगमन गरेको छ। जसमध्ये २६ वटा व्यापारीका ढक तराजु मापदण्ड अनुसार नभएको तथा भारतीय ढक तराजुसमेत प्रयोगमा आइरहेको पाइएको छ। भारतीय ढकमा एक किलोग्रामको ढकमा पचास देखि एक सय ग्राम सम्म कम तौल भएको भेटिएको छ। अवैध रहेका सबै ढक तराजुलाई नियन्त्रणमा लिएर नापतौल कार्यालय पठाईएको छ। धनगढी बजारमा खसी भनेर बाख्राको मासु बिक्रि गर्ने, सडेको माछा मासु तथा मरेका कुखुराको मासु पनि बिक्रि गर्ने गरेको पाईएको छ ।
    
चाडपर्व नजिकिएसँगै बजारमा छ्पछ्याप्ती अखाद्य वस्तुको बिक्री वितरण बढेको छ। अनुगमनको अभाव र बढी कारोबार हुने भएका कारण व्यापारीहरुले अखाद्य वस्तुको कारोबार बढाएका हुन्। प्रमुख चाड दसैं,तिहार नजिकिएसँगै सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको हो।



सरोकारवाला निकायले चाडबाडको मुखमा छिटपुट रुपमा बजार अनुगमन गरे पनि अन्य समय खासै ध्यान नदिँदा अखाद्य वस्तुको बिक्री बढेको हो। खाद्यान्हमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढेको छ। जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला सबैको संयुक्त बजार अनुगमन समिति भए पनि समिति निश्कृय जस्तै छ। खाद्यवस्तु नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नै नदेखिएको उपभोक्ताको आरोप छ।

आफुहरुले दैनिक जसो अनुगमन गरिरहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालको दावी छ। खाद्यले एक्लै अनुगमन गरेपनि नापतौल कार्यालय र वाणिज्य कार्यालयले अनुगमन गरेका छैनन्। त्यसमा अझ जिल्लामा जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा रहेको बजार अनुगमन समितीले चाडपर्वका बेला अनुगमनमा गएको पनि छैन। सहायक प्रमुख जिल्ला अधिकारी समितीको संयोजक रहने प्रावधान रहेको छ। तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तालिमका लागि जिल्ला बाहिर रहँदा प्रशासकीय अधिकृतको पनि अभाव रहेकोले अनुगमनमा खटाउन नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ बताउँछन्।

व्यापारीहरुले तराईका बजारबाट म्याद गुज्रेका तथा अखाद्यवस्तु मिसावट भएका खाद्यवस्तु पहाडी जिल्लामा पठाउने गरेका छन्।  


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।