शुक्रबार, फागुन १, २०८२

ए डिभिजन लिगः चर्च बोइज र एपिएफको सुरुआती जित

शनिबारको जितसँगै चर्च बोइज र एपिएफले समान ३–३ अंक बटुलेका छन्।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार सम्पन्न दुई खेलमा चर्च बोइज क्लब र विभागीय क्लब एपिएफले सुखद सुरुआत गरेका छन्। च्यासल रंगशालाको मैदानमा सम्पन्न खेलमा चर्च बोइजले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सुखद सुरुआत गरेको हो।

National life

चर्च बोइजका लागि आशीष चौधरी र फ्रान्कलिन क्विटे टालाले समान १–१ गोल गरेका थिए। तर पुलिसका रवि पासवानले खेलको १४औं मिनेटमा गोल गरेर अग्रता बनाएका थिए।

उसले अग्रता जोगाउन नसकेपछि खेलमा चर्च बोइजले जित निकालेको हो। अहिले पुलिसमा मुख्य प्रशिक्षक अनन्तराज थापा राष्ट्रिय टोलीको प्रशिक्षक रहेका कारण चेतन घिमिरेले पुलिसको टिमको प्रशिक्षण गराइरहेका छन्।

त्यस्तै, दशरथ रंगशालामा भएको अर्को खेलमा भने थ्रीस्टार क्लबले एपिएफसँग २–० को हार बेहोरेको छ। एपिएफलाई जित दिलाउन मणि कुमार लामा र अर्मान्ड विडोमले समान १–१ गोल गरेका थिए।

यो जितसँगै बोइज र एपिएफले समान ३–३ अंक बटुलेका छन्। लिगको पहिलो खेलमा खुमलटारले फ्रेन्ड्सलाई हराउँदै लिगमा पहिलो तीन अंक पाएको थियो। त्यस्तै, फ्रेन्ड्स, चर्च बोइज र थ्रीस्टारले भने हारबाट लिग सुरु गरेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Mar 04, 2023| 17:13 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।