शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो खेलमै विवाद : 'रेडकार्ड', हातले गोल गरेको तर्क र सुखद् डेब्यू

सहिद स्मारक 'ए' डिभिजन लिग

पहिलो खेलमै विवाद : 'रेडकार्ड', हातले गोल गरेको तर्क र सुखद् डेब्यू

 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं– दशरग रंगशालामा शुक्रबार साँझ खुमलटार युवा क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै ४३औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग सुरु भएको छ। दुई हजारभन्दा धेरै दर्शकमाझ सम्पन्न खेल निकै रोमाञ्चक बने पनि खेलाडीहरूको धेरै प्रयासपछि एकमात्र गोल सम्भव भएको थियो।

गोल गर्ने खेलाडी रहे अट्याकिङ मिडफिल्डर मेसुके ओलुमेउ। लिगमा आजको खेल र १–० को जित खुमलटारका लागि ऐतिहासिक रह्यो। अघिल्लो सिजन बी डिभिजनबाट उक्लिएको उसले यस वर्ष पहिलो पटक ए डिभिजन लिग खेलेको हो। 

खेलपछि पत्रकारसँगको कुराकानीमा खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले डेब्यु खेलमै जित निकाल्दा खेलाडीको प्रदर्शन समग्रमा राम्रो रहेको बताए। उनले भने, ‘हाम्रो पहिलो खेल पनि हो। डेब्यू खेल नै हो। राम्रो खेलेको छ। विषेषतः अघि खेलेका मेसुकेको र स्टेफेनको प्रदर्शन एकदमै राम्रो छ।’

साथै उनले शुक्रबारको खेलमा खेलाडीको तालमेल मिल्न नसके पनि आउँदो खेलमा मिल्दै जानेका कुरामा विश्वस्त रहेको बताएका छन्। उपाधि जित्ने लक्ष्यका साथ लिगमा होमिएको दाबी गर्ने खुमलटारले पहिलो खेलमा तीन अंक पाउने अवसर भने गुमाइरह्यो।

दोस्रो हाफमा खुमलटारका स्टेफेन समिर विनोङले प्रहार गरेको बल पोस्टको क्ररबारमा लागेर फर्किएपछि उसले अग्रता बनाउने अवसर गुमाएको थियो। यता, दोस्रो हाफको १० मिनेट बाँकी रहँदा मैदानमा खेलाडी आपसमा जुद्धन पुगेका थिए। अघिबाटै तनाबग्रस्त बनेको लिगको उद्घाटन खेलमा रेफ्री प्रकाश नाथ श्रेष्ठले सात पहेँलो कार्ड र एक रातो कार्ड नै देखाए। रातो कार्ड बेहोर्नेमा खुमलटारका अफिसियल रहे।

‘खेलाडीको मिस अन्डरस्ट्यान्डिनको कारणले विवाद भएको हो। त्यो धेरै ठूलो कुरा भएन,’ खेलपछि फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले भने। खेलको सात मिनेट बाँकी रहँदा मेसुके ओलुमेउसले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन्। वान भर्सेस वानबाट गोलकिपरलाई बीट गरिसकेको अवस्थामा पछाडिबाट आएर असिम भुषालले बललाई नियन्त्रणमा लिएर क्लियर गरिदिएका थिए।

मेसुके र स्टेफेन समिर विनोङको जोडीले ८७औं मिनेटमा पनि गरेका प्रयासमा पनि गोल गर्न सकेनन्। तर अन्तिम एक मिनेट रहँदा मेसुकेले कुनै गल्ती गरेनन्। उनले पोस्टको नजिकैबाट गरेको प्रहारलाई गोलकिपरले रोक्न नसक्दा गोल भएको थियो। जय गुरुङले टाढाबाट दिएको पासलाई सदुपयोग गर्दै मेसुकेले गोल गरेका छन्। तर त्यो गोललाई फ्रेन्ड्का प्रशिक्षकले हातले तानेर गोल भएको दाबी गरे।

334234587_1390929628335498_2050891961028728644_n1677900858.jpg

उनले भने, ‘गोल खायो मैले त टाढाबाट देखेँ, मेरो खेलाडी, जो नजिक थियो उसले भनेअनुसार चाहिँ हातले तानेर गोल हानेको भनेको छ। नजिक  भएको खेलाडी देखेको रहेछ। पछि रेफ्रीलाई सोध्दा मैले त्यस्तो देखिन भन्यो।’ 

यसै प्रशंगबारेको प्रश्नमा खुमलटारका प्रशिक्षक सुब्बाले भने त्यस्तो नभएको जिकिर गरेका छन्। उनले भने, ‘हातले ल्याएको बल भन्ने कुरा लगत हो।’ खेलको इन्ज्युरी समयमा स्टेफेन समिर विनोङको प्रहार भने गोलकिपर राजा बाबु थापाको हातमा पुगेर रोकिएको थियो।

सुब्बाले नै, आउने दिनमा खुमलटारले अझै राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन्। उनले भने, ‘युवा खेलाडी र डेब्यू खेल भएकोले पहिलो हाफमा तालमेल मिल्न सकेन। आउँदो खेलमा अलि धेरै मिल्दै जान्छ भन्ने। आउँदो दिनमा राम्रो गर्छ भन्ने लाग्छ।’

खेलको १६औं मिनेटमा गोलकिपर राजु बाबु श्रेष्ठले बल नियन्त्रणमा लिन नसक्दा खुमलटारका खेलाडीले पहिलो बार नजिकैबाट प्रहार गरेको बल दोस्रो बारको नकिजकैबाट बाहिरएको थियो।

त्यको अर्को मिनेटमा फ्रेन्ड्स क्लबका उत्तम राईले पोस्टको सही दिशामा बल प्रहार गर्न नसक्दा फ्रेन्ड्स क्ल्ब गोल गर्नबाट चुकेको थियो। ६ यार्ड बक्सको लाइन छेवैमा भए पनि सिक्किमे खेलाडी उत्तमले गोल गर्न सकेनन्। खेलकाले यि दुवै अवसरमा गोलकिपर बिट भइसकोको अवस्थामा गोल हुन सकेन।

यता, १९औं मिनेटमा खुमलटारले निकै राम्रो मुभ बनाए पनि गोलका प्रयासहरू खेर गएका थिए। फरवार्ड स्टेफेन विनोङ मेसुके ओलुमेउलाई दिएको पास पनि  यता फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले लिगमा २५ खेल बाँकी रहेको र आउने खेलमा विदशी खेलाडी आएपछि आफ्नो टिमले अझै रामे गर्दै जाने आशा व्यक्त गरेका छन्।

‘पहिलो खेल राम्रो खेलेको हो भन्नुपर्छ। पहिलो हाफमा बल पोसेसन राखेर खेल्न सकेन। धेरै एक्टिभ भयो। उनीहरूको पेस राम्रो थियो। कम्बिनेसन राम्रो भयो। हामीलाई गाह्रो पारेको हो,’ उनले भने, ‘हामीसँग २५ खेल बाँकी नै छ। उसले विदेशी खेलाडीले गर्दा राम्रो गरेको हो। हाम्रो पनि विदेशी खेलाडी आउँदै छन्। अन्तिममा अवसर पनि पाएको हो। तर कोअर्डिनेसन नभएर मिस भयो।’ उनले डोना थापालाई ब्याक पेन भएको कारण पुरा समय खेल्न नदिएको पनि बताएका छन्।

त्यस्तै, खुमललटारका कप्तान रोजिन सुब्बा नै आज मैदान उत्रिन सकेनन्। उनको लिगामेन्ट इन्ज्युरी भएको छ। त्यो ठीक हुनका लागि अझै केही हप्ता लाग्ने प्रशिक्षकले बताए। आजको खेलमा पनि सुरुमा टेस्टिङको लागि जुनियर खेलाडी उतारेको र दोस्रो हाफमा चाहिँ आफ्नो टिमको बलिया खेलाडी ल्याएको प्रशिक्षकले बताएका छन्।

प्रकाशित: Mar 04, 2023| 09:17 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।