शुक्रबार, कात्तिक ७, २०८२

नेपालले पायो १८० रनको लक्ष्य

 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा नेपाललै १८० रनको लक्ष्य पाएको छ। 

Kumaribank

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको हो।

बलिङमा नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २,२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १,१ विकेट लिएका थिए।

यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए।

प्रकाशित: Mar 03, 2023| 16:48 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।