शनिबार, कात्तिक ८, २०८२

ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई नि:शुल्क प्रवेश 

अखिल नेपाल फूटबल संघको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेलमा विद्यार्थीले नि:शुल्क प्रवेश पाउने भएका छन्।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं-  अखिल नेपाल फूटबल संघको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेलमा विद्यार्थीले नि:शुल्क प्रवेश पाउने भएका छन्।

Kumaribank

लिगको पहिलो खेलमा बेलुकी साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खुमालटार एफसी र फ्रेन्ड्स क्लबले खेल्दै छन्। सो उद्घाटन खेलमा विद्यार्थीले निशूल्क प्रवेश पाउने टिकेटिकङलगायतको जिम्मा लिएको एमडीएसीले जानकारी दिएको हो।

लिगको उद्घाटन समारोहको प्रमुख अतिथि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह रहेका छन्।  ‘नेपाली फूटबलको बिकाशको लागि लिग मेरुदण्ड रहेको छ।  हरेक खेल सर्वसाधारणको पहुचमा रहन पर्ने छ, ’ एमडीएसीले प्रेस विज्ञप्तिमा लेखेको छ,  ‘आज हुने उद्घाटन खेलमा एमडीएसी स्पोर्ट्स र टिकेटिङ्ग  पार्टनर ईएसेवा सहकार्य गर्दै उद्घाटन खेलमा बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाएका छौ।  हरेक स्कूल र कलेजका बिद्यार्थीहरुले परिचयपत्र देखाएर साधारण प्यारापिट तर्फ निशुल्क प्रवेश गर्न सक्नेछन्। ’

४३औं संस्करणको लिग आजबाट सुरु हुन लागेको हो। यो लिगका लागि मार्केटिङको जिम्मा पाएको एमडीएसीले यसअघी इसेवालाई टिकेटिङको जिम्मेवारी दिएको थियो। विद्यार्थी बाहेकका फुटबल दर्शकले भने यो खेल साधार प्यारापिटतर्फ एक सय र भीआईपीतर्फ तीन सयको टिकट काटेर हेर्न सक्नेछन्।

यता एमडीएसीले बैकिङ पार्टनरको रुपमा एनआसी एसिया बैकलाई नियुक्त गरेको छ। एनआईसी एसिया बैकसँग सहकार्य गरेको छ।

Metro Mart

प्रकाशित: Mar 03, 2023| 09:29 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।