शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ए डिभिजन लिग: युवा खेलाडीको भरमै उपाधिको सपना

काठमाडौंमा ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकहरुले टिममा अधिकांश युवा खेलाडीका साथ खेलिरहेको जानकारी दिएका छन्।
 |  शुक्रबार, फागुन १९, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- फुटबलमा स्थापित नामहरु अष्ट्रेलियामा फुटबल खेलेर गुजारा गर्न थालेपछि घरेलु फुटबलका स्टार क्लबहरु पनि युवा खेलाडीले भरिएका छन्। नेपाली घरेलु फुटबल खेल्ने अधिकांश टिमहरु केही सिनियर खेलाडी राखेर उपाधिको सपनामा रमाइरहेका छन्।

triton college

काठमाडौंमा ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकहरुले टिममा अधिकांश युवा खेलाडीका साथ खेलिरहेको जानकारी दिएका छन्। यो वर्ष खुमलटार युवा क्लबले पहिलो पटक ए डिभिजन लिग खेलिरहेको छ। सुरुमा ए डिभिजनमा टिक्ने मात्र तयारी गरिरहेको उसले नेपालमा जमेका स्ट्राइकर स्टेफेन विनोङ र मेसुके ओलुमेउलाई अनुबन्धन गर्ने अवसर पाएको थियो। उनीहरु टिममा आएपछि क्बले उपाधि जित्ने लक्ष्य राखेको छ।

यता, उपाधि दावेदार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब पनि आफैं जित्ने दाबी गर्छन्। त्यस्तै, ए डिभिजनका सबैजसो क्लबले उपाधि जित्ने टिम बनाएको बताएका छन्। अघिल्लो वर्षमात्र बी डिभिजनबाट उक्लिएको चर्च बोइज युवा क्लबले अनन्त तामाङ, अञ्जन विष्टजस्ता खेलाडीलाई लिएर आर्मी र मछिन्द्रलाई टक्कर दिने प्रयास गरेको छ।

अघिल्लो संस्करणमा जमेका मछिन्द्रका स्ट्राइकर सुनिल बललाई यो वर्ष संकटा क्लबले अनुबन्ध गरेको छ भने विभागीय क्लब एपिएफले पनि विदेशी खेलाडी अनुबन्ध गरेको छ। त्यति मात्र होइन, अघिल्लो सिजन अन्डरडग भनेर चिनिएको सातदोबाटो युवा क्लबले यो वर्ष उज्वेकिस्तानका खेलाडी भर्ती गरेर नयाँ दाउका साथ लिगमा होमिने लक्ष्य राखेको छ भने मनाङ मर्स्याङ्दी क्लबले बार्सिलोनाका पूर्व खेलाडी भित्र्याएको छ।

334210684_1626887607732156_4717795327513011467_n1677812584.jpg

Metro Mart
vianet

यो वर्ष ए डिभिजन लिगमा होमिएका खेलाडीका यस्ता छन् सुरुआत, अभ्यास, लगानी र लक्ष्यः

चर्च बोइज युवा क्लब
प्रशिक्षक प्रदीप हुमागाईं
चर्च बोइजको टिम भर्खरै मात्र मोफसलमा खेलेर आएको हो। अहिले पनि हामी अभ्यासको दौरानमा छौं। तर टिममा सबै खेलाडी (विदेशी) आइसकेका छैनन्। सबै आइनसके पनि हामी पहिलो खेल खेल्न तयार नै छौं।

यसअघि (पछिल्लो पटक) मैले थ्रि स्टार हेरेको थिएँ। त्यसपछि नेपाली फुटबल धेरै फेरिएको छ । साथै प्रशिक्षकको ए लाइसेन्स भएर फुटबल मोडर्नाइज भएको अनुभव गरेको छु। सिनारियो त्यो हिसाबले अघि बढिरहेको छ। मोफसलमा पनि राम्रो प्रतियोगिता भइसकेको छ। नयाँ युवा खेलाडीहरु क्लबमा पनि देखिएको हो। हामीले त्यसलाई याद गरेर तयारी गरिरहेका छौं।

हाम्रो मिक्स टिम हो। युवा टिमबाट राष्ट्रिय खेलाडी पनि छन्। मोफसलमा खेल्दा प्रतिस्र्धीपछि लिएको हो। अञ्जन दुई तीन खेलपछि आउँछ। मेरो श्रमस्वीकृतिका बारेमा क्लबलाई थाहा होला, अहिले स्वयंसेवी प्रशिक्षकको रुपमा काम गरिरहेको छु। क्लबले पनि सबै कुरा अघि बढाएको छ। लिग सुरु हुन लागिसकेको छ अब स्वीकृति नभएर रंगशाला छिर्न नदिए नजाने हो।

कप्तान, अनन्त तामाङ
क्लबमा ७० प्रतिशत युवा खेलाडी छन्। दुई महिना भयो अभ्यास गरेको। टिमले राम्रो सेप लिएको छ। (डिफेन्समा खेल्ने गरेका उनी अघि आएका छन्।) प्रशिक्षकको अनुरोध र टिमलाई जुन पोजिसन चाहिरहेको छ, त्यसमै खेल्छु।

हामी यो वर्ष उपाधिका लागि नै खेल्ने हो। टिमको अवस्था हेर्दा टप फोरमा पर्ने गरी भन्ने नै छ। खेलाडी हेर्दा त्यो देखिन्छ। हामीले साइन गरेको दुई खेलाडी विदेशिएका छन्। हाम्रा दुई मात्र खेलाडी बाहिर गएको हो। दुई जनाको पोजिसन फुलफिल गरेका छौं। विदेशी खेलाडी पनि भोलि सम्ममा आएपुग्छन भन्ने लागेको छ।

334277265_523979009851039_3952078548921075320_n1677812754.jpg

खुमलटार युवा क्लबः सभ्य तर अटेरी
सिईओ विदुर श्रेष्ठ
अभ्यास सुरु गरेको दुई महिना भयो। बजारमा खेलिरहेका स्टार र राम्रा खेलाडी लिएका छौं। हामी उपाधिका लागि नै खेल्नेछौं। यो वर्ष उपाधिका लागि खेल्न सजिलो छैन। अघिल्लो सिजन बि डिभिजन खेलेको हो। बी डिभिजन खेल्दा सानो बटेजमा खेल्न सकिन्थ्यो। प्यासन मात्र भए पुग्ने हुन्थ्यो। यो ए डिभिजन भनेको त पैसा खर्च मात्र रहेछ। तर यो वर्ष कति खर्च लाग्छ भनेर हामीले अनुमान गरेको छैन। यो लगानी मात्र हो। अभ्यास, डाइट, रिकभरी कस्ट, लक्जरी र वातावरणले गर्दा धेरै खर्च भएको छ। खेलाडीलाई साउन्ड इन्भायरमेन्टमा राखेका छौं। यति खर्च गर्ने भन्ने चाहिँ छैन।
विदेशमा पनि युवा खेलाडीले राम्रो गरिरहेको देखिन्छ। हामीले पनि युवा राख्यौँ, युवा खेलाडीको इन्ज्युरी पनि छैन। कमै हुन्छ। सबै खेलाडी खेलमा अभाइलेबल छन्। तर खेल भनेको प्रशिक्षकले बनाउने रणनीतिले पनि फरक पार्छ। प्रशिक्षक याम प्रसाद गुरुङ छन्। युवा भने पनि कौशल भएका खेलाडी छन्। सायद अनुभवी टिमलाई पनि हराउन सक्लान्।

१४ टिममध्ये हामी बीचमा स्टेबल हुने भन्ने हो। बजेटवाइज हेर्दा एक करोड ५० लाख खर्च गर्ने भन्ने थियो। तर नेपालमा राम्रो चलेका विदेशी खेलाडी ल्याउन पायौँ। हामीले यति भनेर योजना बनाउने भन्दा पनि लिग जित्ने टिम बनाउने लाग्यौं। हामी सभ्य तर अटेरी हुने भन्ने योजना छ। दुई विदेशी खेलाडीले करेज दिएको छ। टिमको मोटिभेसन धेरै नै छ।

हामीले पहिले चाहिँ सामाजिक संस्थाको अन्डरमा क्लब चलाएका थियौँ। अहिले खुमलटार एफसी भनेर प्रालि बनाएको छ। फुटबललाई हामीले खेल मात्र होइन प्यासनमात्र होइन यसलाई विकास पनि गराउने भन्ने हो। हामीले अब क्लबलाई कमर्सियल बनाउने भन्ने हो।
क्लबको पाँच वर्षे योजना बनाउँदा लिग भनेको खर्च हो भनेका छौं। हामीले एकेडेमी चलाउने, आउटलेट खोल्नेलगायत योजना छ। यो चार महिना खर्च गर्ने हो। बाँकी आठ महिना कमाउने हो। (खुमलटार युवा क्लब फुटबलमात्र खेल्ने क्लब हो। एफसी खुमलटार बनाएको हो। तयारी पनि एएफसी खेल्नको लागि तयारी गरेको हो। पुराना संस्थाबाट खेल्न नमिल्ने भएकोले यो भएको हो।)

कप्तान रेजिन सुब्बा
टिमको तयारी राम्रो छ। सबै युवा खेलाडी छन्। विदेशी खेलाडी, दुई नेपालमा फेमस खेलाडी छन्। उनीहरु पहिल्यैबाट सँगसँगै खेलेका खेलाडी रहेका छन्। सायद राम्रो हुन्छ होला। पहिलो खेलबाटै जित्ने योजना रहेको छ।

334208674_677282007532044_2953872340615278717_n1677812785.jpg

फ्रेन्ड्स क्लब
प्रशिक्षक उर्जन श्रेष्ठ
तयारी राम्रो छ। अस्ति हेटौंडामा अभ्यास खेलेका छौं। पहिलो खेल भएर खेलाडीले सक्दो खेलेको हो। पछि मनाङसँग पनि खेलेको हो। सबै राम्रो छौं। व्यावसायिक खेल खेल्ने हो। युवासँगै अनुभवी खेलाडी पनि रहेका छन्। 
इतिहास बनाएको क्लब हो पछिल्लो समय। यो पटक नयाँ कमिटी आएको छ। सबै जोसिएको छ। कमी कमजोरी नगरौं भनेर राम्रो खेलाडी बनाएको हो। शीर्ष छ मा पर्नको लागि खेल्ने भन्ने योजना रहेको छ। विदेशी खेलाडी यहाँ आएर नखेलेसम्म उनीहरुको अवस्था थाहा हुँँदैन। कुन ठाउँमा पर्ने भन्ने कुरामा चाहिँ, शीर्ष छ भित्र नै हो। त्यो ठाउँको लागि फाइट गर्ने हो।

नेपालमा पहिलो खेल सधै गाह्रो हुन्छ भन्ने भाष्य छ। भोलिको खेलले नै आउने खेल कस्तो हुन्छ भन्ने निर्धारण गर्छ। म पछिल्लो वर्ष थ्रि स्टारमा थिएँ। अब प्रशिक्षकले क्लब चुज गर्ने भन्दा पनि जुन क्लबले राम्रो गर्छ त्यहाँ जाने भन्ने हो। जहाँ व्यवस्थापन राम्रो हुन्छ त्यहाँ राम्रो हुने हो। हामी सँगै खेलेको खेलाडी अहिले फ्रेन्ड्सको क्लबमा रहेका छन्। फ्रेन्ड्समा काम गर्न सजिलो छ।

पहिलो वर्ष चाहिँ खेलाडी ल्याउँदा पनि ढिलौ भएको थियो र क्लबले राम्रो गर्न सकेन। खेलाडी सही समयमा ल्याउन नसक्दा हामी चुक्यौँ। गत वर्षको भन्दा सिनियर खेलाडी धेरै भएको कारणले गर्दा ओभरअल यो वर्षको टिम राम्रो रहेको छ।

कप्तान प्रकाश बुढाथोकी
हामीले दुई हप्ताको अभ्यासमा जति अभ्यास गरेका छौं। पछिल्लो वर्ष चोट लागेर मलाई गाह्रो भयो। दुई, चार वर्ष यस्तो भएको छ। तर अहिले म फिट छु र यो मेरो डेब्यु क्लब पनि हो। फरक अनुभव रहेको छ। लिग भनेको म्याराथन पनि हो। हामी यसमा अघि रहने कोसिस गर्नेछौं। हामीसँग अनुभवी खेलाडी रहेका छन्। राम्रो गर्छौं भन्ने विश्वास रहेको छ।

334173194_869044590836774_6901213751143480685_n1677812816.jpg

एपिएफ क्लब
प्रशिक्षक रत्नकाजी महर्जन
यसपाली हामीले पहिलेको तुलनामा च्याम्पियन हुने किसिमले तयारी गरेका छौं। उपाधि जित्ने आधारहरु भन्नुपर्दा, अघिको वर्षमा ढिलो गरेर विदेशी खेलाडी ल्याएर रेलिगेसनबाट मुस्किलले बँचेको हो। अहिले तिनै जापानी गोलकिपरर आउनु भएको छ। पोहोर त तीन हारिसकेपछि विभागबाट विदेशी खेलाडी ल्याएको हो। तेस्रो खेल सकिएपछि थ्रिस्टारसँग खेलेर खेलमा प्रगति भएको हो। मछिन्द्रबाहेक अरुसँग नहारेको अवस्था थियो। त्यो पछिल्लो लय यो वर्ष सुरुबाटै कायम हुनेछ।

पोहोर पनि सुरुका तीन खेल जितेको थियो भने दोस्रोमा आउने आशा थियो। विदेशी खेलाडीमा क्यामरुनको एक खेलाडी ल्याउने योजना रहेको छ। विभागका सबै इन्चार्जहरु एक्टिभ रहेका छौं। पेपरवर्कमा लागेका छौं। यो वर्ष त मोफसलमा पनि राम्रो खेलेको हो। राष्ट्रिय खेलकुद र बेलबारी गोल्डकप जितेका छौं। फिनिसिङमा कमजोर भएका छौं। शीर्ष तीनभित्र पर्ने खेलाडी हो। सकेसम्म पहिलाबाट नै राम्रो खेल्ने भन्ने हो। आभाष लामिछाने पनि घर गएका छन्। उनी दुई खेलपछि आउने कुरा भएको छ। विदेशी चार खेलाडी रहेका छन्। आशिष लामा, राजन र रविन थिङ बाहेक सबै खेलाडी पुराना खेलाडी रहेका छन्।

कप्तान टोपबहादुर विष्ट
तयारी राम्रो नै छ। पोहोरको तुलनामा केही माथि आउने नै छ। शीर्ष तीन भनेर योजना बनाएका छौं।

संकटा क्लब
प्रशिक्षक, सल्यान खड्की
डेढ महिना भयो, तयारी राम्रो छ। केही राष्ट्रिय खेलाडी र केही युवा खेलाडी छन्। प्रशिक्षण भनेको त जहिले पनि चुनौतिपूर्ण नै हुन्छ। विष्णु गुरुङ (संकटाका पूर्व प्रशिक्षक)ले के गर्यो भन्दा पनि अहिले म के गर्छु भन्ने कुरा मुख्य हो। उपाधि जितेको टिम हो। चार मोफसलमा खेल्दा आहा रारा गोल्डकपमा हामीले जित निकालेको हो। 

लिगको तयारी भने उपाधिको लागि नै हो। पहिलो खेल आर्मीसँग खेल थियो। जितेका थियौं। त्यो गइसकेको पाटो हो। अबको लिगको पहिलो खेल पनि आर्मीविरुद्ध नै हो। अब कस्तो खेल्ने भन्ने कुरामा चाहिँ म खेल हेर्नको लागि अनुरोध गर्दछु।

कप्तान, सुनिल बल
अभ्यासको कुरा गर्दा राम्रो भइरहेको छ। डेड महिना भयो। सबै खेलाडीसँगै अभ्यास गरेको हो। मोफसलका फुटबल प्रतियोगितामा पनि भाग लिएको हो। तर राम्रो रिजल्ट निकाल्न नसकेको अवस्था छ। अभ्यास राम्रो नै छ। असफलताबाट पाठ सिकेर अघि जाने हो।

पछिल्लो वर्ष मछिन्द्रबाट खेलेको हुँ। म यहाँ आउनुको कारण चाहिँ एक जिम्मेवारी खेलाडी भएर अघि आउँ न भनेर यहाँ आएको हो। पोहोर संकटा अन्तिममा सातौं भएको थियो। त्यसपछि प्रशिक्षक र खेलाडी थपिएका छन्। र, जितको लागि खेलिन्छ। सबैले बेस्ट दिने र उपाधिका लागि पुग्ने टिम छ भन्ने लाग्छ।

334090159_1887964398234069_4372273273332161589_n1677812849.jpg

पुलिस क्लब
प्रशिक्षक चेतन घिमिरे
लिगमा राम्रो खेल्न र टिक्न गाह्रो त गाह्रो नै छ। विभागभित्र प्रतियोगिता गराएर युवा खेलाडी ल्याएको छ। हामीले प्रतियोगिताबाट ल्याएको हो। नयाँ टिम बनाएर खेलाएका छौं। अनुभव बनाएका खेलाडी छन्।

टिममा लिमिटेड खेलाडी मात्र छन्। नयाँ खेलाडी बनाएर टिम बनाएको हो। आउने खेलमा त्यो भन्दा राम्रो प्रदर्शन गर्ला भन्नेमा विश्वस्त छौं। अर्को विभागीय क्लब एपिएफमा त विदेशी खेलाडी पनि छन्। तर बाहिरको खेलाडी अनुबन्ध गर्न नसक्दा पनि टिम बलियो छैन भन्ने चाहिँ होइन। रणनीति अनुसार अभ्यास त भइरहेको नै छ नि। चाहेका खेलाडी राखेर टिम बनाउने कुरा भइरहेको छ। तीन खेलपछि अवस्था हेरेर खेलाडी ल्याउन सकिने अवस्था चाहिँ छ।

कप्तान रामचन्द्र वाजी
नयाँ प्रशिक्षक (चेतन) आउनु भएको छ। युवा खेलाडी छन्। धेरै स्टार खेलाडी छन्। नयाँ प्रशिक्षक छन्। केही परिवर्तन होला भन्ने हो।

सातदोबाटो युवा क्लब
प्रशिक्षक सनोज श्रेष्ठ
हाम्रो टिम ब्यालेन्स छ। मोफसल पनि खेलेको हो। केपी ओली कपमा फाइनलसम्म पुगेका थियौँ। तर फाइनलमा हार्यौँ। ति सबै लिगको तयारी हुन्, तयारी राम्रो नै भयो। गल्तीहरु रियलाइज गरेर अघि बढ्ने आशा छ। सातदोबाटोले यो वर्ष लक्ष्यको कुरा गर्दाखेरी हामीले लक्ष्य नै शीर्ष चारबाट माथि जाने लक्ष्य रहेको छ।

कप्तान सुदीप गुरुङ
सबै खेलाडीले आफ्नो ठाउँबाट सतप्रतिसत दिएर अभ्यास गरिरहेको हो। केपी ओली कप खेलेर तयारी बुस्ट भएको हो। राम्रो नतिजा आउँछ भन्ने आशा छ। मेघ राज केसी पछिल्लो वर्ष प्रशिक्षक थिए। यो वर्ष उहाँ हुनुभएन। प्रशिक्षकअनुसार ट्याक्टिस फरक हुन्छन् तर प्रशिक्षक जो आए पनि राम्रो नै सिकाउनु हुन्छ। हामीले पछिल्लो लिगमा ठूलो टिमलाई पनि हराएको टिम हो। चौथो स्थानमा लिग सकेको त्यो भनेको ठूलो कुरा हो। पहिले भन्दा राम्रो गर्ने सोच छ। हाम्रो टिमविरुद्ध जो विपक्षी आए पनि नतिजा जे पनि हुनसक्छ। त्यो टिम र यो टिममा फरक छैन। अहिले युवा खेलाडी धेरै छन्। रिजल्ट ल्याउने भन्ने नै छ।

त्रिभुवन आर्मी क्लब
प्रशिक्षक राजु तामाङ
अहिलेको दुई नकआउट खेलपछि टिम राम्रो लयमा देखियो। सहभागी बनेका सुरुका तीन नकआउटमा पहिलो खेल नै हारेका थियौँ। त्यसको कारण चाहिँ केही खेलाडी विदेशिएर पनि हो जस्तो लाग्छ। अहिले चाहिँ फाइनलमा राम्रो हुँदै गएको छ। टिममा सबैले एक अर्कालाई मोटिभेसन दिएका छन्।
पोहोरको लिगको सुरुमा खेलाडीमा चोटको समस्या थियो। विशेषतः स्ट्राइकरमा। अहिले हेर्दा चोटको समस्या छैन। यो वर्ष चाहिँ जित्नैपर्ने खेलमा हार नबेहोर्ने भन्ने नै हो। सुदिल राई, नवयुग राम्रो फर्ममा छन्। जगजित फर्किएका छन्। भरत खवासलाई पनि रिहाबमा राखेको छ। दिनेश हेन्जन पनि सल्यक्रियापछि फर्किएका छन्। फाइनल थर्ड ब्रेक गर्ने योजनासँग हामी अघि बढिरहेका छौं। विगतको गल्ती नदोहोर्याउने भन्ने हो।
नवीन न्यौपाने नै हाम्रो मुख्य प्रशिक्षक हो। उहाँको बुवा वित्नु भएर नआउनु भएको हो। तर उहाँको रणनीति नै मैदानमा लागु हुन्छ। उहाँले हेरिरहनु भएको छ।

कप्तान भरत खवास
आर्मीको त तयारी सधै यस्तै हो। मेन्टल्ली फिजिकल्ली राम्रो तयारी रहेको छ। आर्मीको इतिहास र उपाधि यात्रा हेर्दा अन्तिममा उपाधि फुत्काउने बानी छ जस्तो छ। यो वर्ष पनि समस्या त छ तर तुलनात्मक रुपमा धेरै समस्या छैन भन्ने नै हो। अभ्यास पनि त्यसलाई नै गराएको हो। टिम ७०–८० प्रतिशत राम्रो त हो नि।

334286275_3315463972097149_7544590745910078693_n1677812892.jpg

यद्यपी अहिले जर्ज प्रिन्स मिसनमा छन्। खेलाडीमा तल माथि भइरहेको छ। युवा खेलाडी उनीहरुले रित्तिएको ठाउँ भरिसकेको अवस्था छ। तर उस्तै खेलाडी निकाल्न सजिलो छैन, सुमन अर्यालजस्तो खेलाडी राष्ट्रिय टिममा पनि रिप्लेस खोज्नको लागि पाँच छ वर्ष नै लाग्छ। सकारात्मक पक्ष पनि त छन्, नयाँले अवसर पनि त पाएका छन् नि।

पछिल्ला दुई प्रतियोगितामा हामीले दुई टिम बनाएको हो, सिनियर टिमका धेरै खेलाडी भएको टिमले हार्यो। एउटा बी टिमले चाहिँ उपाधि जित्यो। क्लब मिक्स भएर अब दुई टिम बनाएका छौ। लिग खेल्ने भनेको ३५ जना मध्ये खेलेर नै हो। विदेशी खेलाडी नराख्नुको कारण चाहिँ नेपाली खेलाडीले मौका पाओस् भन्ने नै हो। यहाँका खेलाडीले नै गरोस् भन्ने हो।

एनआरटी (न्यु रोड टिम)
प्रशिक्षक जीवन सिंह केपाना
टिमको तयारी पनि राम्रो भइरहेको छ। अढाई महिना भइसकेको छ। २० देखि २२ वर्ष उमेरका खेलाडी छन्। २५ वर्ष माथिका ४ जनाभन्दा धेरै खेलाडी छैनन्। अघिल्लो सिजनमा भन्दा फरक नयाँ विदेशी खेलाडी आएका छन्। अघिल्लो सिजन हाम्रो क्लबमा दुई जना राम्रो विदेशी खेलाडी थिए, तर उनीहरु लगातार खेल्न सकेनन्। अहिले चाहिँ दुई भारतका खेलाडी छन्। तीन क्यामरुनी खेलाडी छन्। राम्रो नै होला भन्ने आशा छ।

नयाँ विदेशी खेलाडी सक्षम भएर नै टिममा ल्याएको हो। अन्तिम समयमा पनि कन्फर्म भइसकेको थिएन। डेढ महिनामा नयाँ खेलाडी ल्याएको हो। गत वर्षको नतिजालाई मेन्टेन गर्ने हो। खेलाडीको अवस्था कमी भए पनि नतिजा उस्तै राख्ने लक्ष्य हुन्छ।

जावलाखेल युवा क्लब
प्रशिक्षक सुनिल कुमार श्रेष्ठ
क्लबमा तयारी राम्रो छ। तयारीको सिलसिलामा दुईमध्ये एक (राजर्शी जनक कप) मा पहिलो थियौं। यो वर्ष क्लबमा धेरै नयाँ खेलाडी रहेका छन्। केपी ओली कपमा विदेशी खेलाउँदा एडजस्मेन्ट भएको थिएन र हार बेहोरेको हो।

क्लबमा त सबै नयाँ खेलाडी भने पनि हुन्छ। विदेशी खेलाडी फोडे फोफाना चाहिँ पोहोरकै हो। दुई तीन जना भन्दा धेरै पुराना खेलाडी छैन। उज्वेकिस्तानबाट आएको खेलाडी छ। अर्को एक जना मासुकी भन्ने खेलाडी आएको छ। भारतबाट एक खेलाडी ल्याएका छौं। मुख्य लक्ष्य भनेको नै उपाधि हो।
समस्या चाहिँ विदेशी खेलाडी आएको पनि धेरै दिन भएको छैन। टिम तयारी गर्दा चार पाँच खले खेल्न पाएको भए विदेशी एडजस्ट हुन्थ्यो। तर यो वर्ष हामी रेलिगेसन जोगाउने भनेर खेल्ने होइन। टिममा रहेर पोहोरको खेल अनुसन्धान गरेको थिएँ। हामी सबैको लक्ष्य उपाधि हो। उपाधि जित्न लाग्नेजति लगानी गरेको छौं।
ए डिभिजनमा मछिन्द्र र आर्मी राम्रो थियो। तीनवटा जति टिमले उपाधि फाइट गरिरहेको हो। अहिले त १४ टिमलाई नै गाह्रो छ। ओभर कन्फिडेन्ड हुने अवस्था छैन। पछिल्लो वर्ष पहिलो दोस्रो वा तेस्रो भएको टिम लाई हरेर हामीले रणनीति बनाएको हो।

कप्तान सिमान्त थापा
तयारी राम्रो छ। एक महिनाबाट अभ्यास गरेको हो। गोल्डकपले डिस्टर्ब भएको थियो। त्यसपछि राम्रो अभ्यास भइरकेको छ।

मनाङ मर्स्यङ्दी क्लब
प्रशिक्षक किरण श्रेष्ठ
हामीले पोखरामा बन्द प्रशिक्षण राखेको हो। तयारीका लागि मकवानपुर गोल्डकपमा भाग लिएको हो। फ्रेन्ड्ससँग नुवाकोटमा एउटा खेल खेलेको हो। पछिल्लो वर्षमा खेलेका मनाङ मस्र्याङ्दी राम्रा खेलाडीले छोडेका छन्। उनीहरु नहुँदा कति गाह्रो छ अथवा म्यानेजमेन्टले खेलाडी निकाल्यो भन्ने थाहा भएन। 

मनाङ मस्र्याङ्दीले राम्रो नै गर्छ भन्ने लाग्छ। मनाङ मस्र्याङ्दीले पहिले राम्रो गर्ने भन्ने थियो। त्यो कल्चर यो वर्ष फरक सोच राखेर टिम बनाइरहेको छ। अहिले भएको खेलाडीले मनाङ मस्र्याङ्दीलाई राम्रो गर्छ। अहिले टप फोरमा कोसिस गर्ने र राम्रो गर्दै जाने गर्यो भने उपाधिको लागि सोच्ने हो। म्यानेजमेन्टले जिम्मेवारी दिँदाखेरी टिमको फर्मेट नयाँ बनाउने भन्ने नै हो। टिम मैले बनाउने हो।

334043137_171863292299275_887499387060439107_n1677812924.jpg

यो खेलाडी मेरो बाटोमा फिट छ भन्ने लागेकोलाई छानेको हो। तर खेलाडीमा विभिन मेन्टालिटी बनाइसकेका छन्। एउटा, बार्सिलोनाबाट आएको खेलाडी छ। धेरैले उसको प्रदर्शन सन्तोषजनक भएन भन्ने गरेको छ। तर विदेशी खेलाडीमध्ये टेक्निकल्ली बेस्ट खेलाडी हो। मैदानमा खेल्दा पनि दोस्रो प्रशिक्षक नै टिममा पठाएजस्तो उसले टिममा शक्ति संचार गरिरहेको छ। उसले फिजिकल खेलोस भन्ने लाग्छ तर उनी टेक्निकल खेलाडी हुन्।

कप्तान दिप कार्की
तयारी राम्रो भइरहेको छ। उहाँ (प्रशिक्षक किरण) राष्ट्रिय टिमको अनुभवी प्रशिक्षक पनि हो। मेरो काँधमा कप्तानको जिम्मेवारी फरक छ। यो जिम्मेवारी पहिलो पटक आइरहेको छ। खेलाडी सबैलाई टिमको जिम्मेवारी दिएको छ। बार्सिलोना टिभीमा हेरिरहेको क्लब हो उसको खेलाडी आएको देख्दा खुसी लागेको छ।

थ्रिस्टार क्लब
सहायक प्रशिक्षक मिरन माझी
टिमको तयारी एक महिनाको हो। यो सिलसिलामा युवा खेलाडीलाई हामीले फोकस गरेको हो। हामी नयाँ नतिजा दिन सक्छौं भन्ने लागेको छ। सँधै ठूलो टिम ठूलो नाम हुन्छ थ्रिस्टारको छ। यो वर्ष पनि हामीले केहि गर्न खोजेका छौं। लिगमा होमिएपछि हामी पहिलो दोस्रो जे पनि हुनसक्छौं।
 
मेघ राज केसी मुख्य प्रशिक्षक हुनुहुन्छ, उहाँको अन्तिम इच्छा नै लिग जित्ने हो। त्यो पूरा हुन सक्छ। हामीले राम्रो खेल्ने नै हो। गोलकिपर लेबनानको खेलाडी हो। उहाँको पहिलो खेल खेल्ने सम्भावनाबारे बोल्न सकिएन। तर श्रमको काम सकियो भने खेलाउने हो।

व्यवस्थापक, रुपेन्द्र पुरी
हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो। यसपाली मेघराज केसी आउनु भएको छ। खेलाडीलाई पनि चान्स दिएको हो। हामीले अवसर दिनुपर्छ। लक्ष्य भनेको पहिलेको भन्दा माथि पुग्ने लक्ष्य हो। मलाई थाहा भए अनुसार हामीले अनुभवी खेलाडी देखेका छौं। लगानीको कुल बजेट खुलाउन मिलेन। तर राम्रो बजेट लगानी गर्ने योजना छ।
 

प्रकाशित: Mar 03, 2023| 08:55 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।