शुक्रबार, कात्तिक ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- नेपाललाई आईसीसी यू–१९ विश्वकप क्रिकेटमा प्रवेश गराएका टिमका प्रत्येक सदस्यले नगद १ लाख पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो।

Kumaribank

आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई आज सात रनले पराजित गर्दै नेपाल आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा प्रवेश गरेको हो। खेलाडीको हौसला बढाउन क्यानले खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो।

१९२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन मात्रै बनाएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको थियो।

नेपालले पाँच खेलमा पाँचै जित निकाल्दै करिब आठ वर्षपछि विश्वकपमा प्रवेश गरेको हो। यसअघि नेपालले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेट खेलेको थियो।

प्रकाशित: Mar 02, 2023| 21:05 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।