शनिबार, कात्तिक ८, २०८२

भारतमा हुने व्हीलचेयर क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ। नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो।

Kumaribank

छनोट भएका खेलाडीहरुमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहेका छन्। प्रशिक्षकमा भरत कार्की छन्।

चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी हुने छन्। पहिलो राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ। लिगमा शीर्ष २ स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

पत्रकार सम्मेलनमा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल, अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटीटीएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो।

प्रकाशित: Mar 02, 2023| 20:14 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।