काठमाडौं- विश्वप्रतिष्ठत नोबेल शान्ति पुरस्कार यो वर्ष कंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादले पाउने भएका छन् । नोबेल कमिटीले शुक्रबार पुरस्कारको घोषणा गर्दै डेनिस र नादियालार्इ प्रदान गरिने घोषणा गरेको हो ।
पुरस्कार पाउने दुवै यौन हिंसा विरूद्धको अभियानमा छन् । नादिया आफै पनि यौन हिंसा पीडित हुन् । नादिया आइएसआइ पीडित हुन् । सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै उनी अपहरणमा परेकी थिइन् ।
यौन हिंसासँगै युद्धका कारण निकै ठूलो पारिवारिक बज्रपात बेहोरेकी उनले सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार’ पाएकी थिइन । त्यही वर्ष उनले यूएनको अर्को पुरस्कार,‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’ समेत प्राप्त गरिन् । युद्धका क्रममा उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाउनु गुमाएकी थिइन ।
त्यस्तै डेनिस बलात्कार विरोधी अभियानका अभियन्ता हुन् । उनले कंगोमा यौन हिंसामा परेका युवाहरुको उद्धार, उपचार र सहयोगको अभियान चलाएका थिए ।
नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४