मंगलबार, साउन ५, २०८३

संकटमा सामुदायिक विद्यालय, कक्षा ३ मा ३ विद्यार्थी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा- रिब्दीकोट गाउँपालिका-२, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ। कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन्। 

विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई जना विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन्। कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन्। कक्षा १ मा पाँच र कक्षा २ मा चार र कक्षा ३ मा तीन बालबालिकाले विद्यालयमा अध्ययन गर्दै आएको प्रधानाध्यापक कमल भुसालले जानकारी दिए। 

कम विद्यार्थीमा पठनपाठन गर्दा सहज रुपमा गृहकार्य र सिकाइ तथा बुझाइ प्रभावकारी हुने भुसालले जानकारी दिए। न्यून विद्यार्थी हुँदा अतिरिक्त क्रियाकलाप गर्दा निकै समस्या हुने गुनासो विद्यालयको छ। विद्यालयको सेवा क्षेत्रभित्र ७०-७५ घरपरिवार छ। श्रीमान् रोजगारका कारण विदेश पलायन भएसँगै श्रीमती बालबालिका पढाउनका लागि सदरमुकाम तानसेन धाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संकट भएको हो। 

प्रधानाध्यापकका अनुसार विद्यालयले विद्यार्थीबाट भर्ना शुल्क, परीक्षा, मासिक शुल्कलगायत शुल्क लिँदैन। विसं २०५२ देखि ६० सम्म प्राविसम्म ५५ विद्यार्थी रहे पनि अहिले विद्यालय न्यून विद्यार्थी छन्। विद्यालयका प्रधानाध्यापक भुसाल राहत दरबन्दीका शिक्षक हुन् भने धना पोखरेल अस्थायी शिक्षकका भरमा प्रावि सञ्चालनमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।