शुक्रबार, फागुन १, २०८२

यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ। यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन जोडेको हो।

National life

यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा नेपालले अब १९१ रन डिफेण्ड गर्नुपर्नेछ। नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे। देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए। १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे।

ओपनर दिपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट हुँदा अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए।

नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए। उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन जोडे।

छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे। मिलन १० रन बनाएर आउट भए। हेमन्त धामीले १३ रन जोडे। सुबास भण्डारी २ रनमा आउट भए। दिपेश कँडेल १५ रन बनाए। 

Laxmi sunrise bank

यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए। हर्सिथ सेठ र अमर बदामीले समान १ विकेट लिए।

प्रकाशित: Mar 02, 2023| 14:11 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।