मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुबाटारमा ओली–प्रचण्ड भेट, माधव नेपालको सक्रियतालाई साइजमा राख्‍न नयाँ रणनीति

बालुबाटारमा ओली–प्रचण्ड भेट, माधव नेपालको सक्रियतालाई साइजमा राख्‍न नयाँ रणनीति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं-झण्डै दुई हप्ता देश बाहिर रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किएपछि राजनीतिक भेटवार्तालाई सक्रिय पारेका छन् । उनले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको एकीकरणलाई स्थानीयतहसम्म पुर्‍याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

भेटका क्रममा पछिल्लो समय पार्टी नेतृत्व र सरकारको कामकारबाहीका विषयमा असन्तुष्टि जनाउँदै सक्रिय रहेका बरिष्ठ नेता माधवकुमार नेपालको भूमिकाका विषयमा पनि कुराकानी भएको छ। दुर्इ अध्यक्षले पार्टी भित्रका समस्या समाधानका लागि नयाँ रणनीति लिने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ । 

आफू देश बाहिर रहेका बेला पार्टी भित्रकै नेताहरुले पार्टी नेतृत्व र सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डको धारणा बुझेका थिए । 

छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । बैठकले दशैं अघि नै जनसंगठनलगायत सबै तहका कमिटीको एकता टुंग्याउने, एकता प्रक्रियामा भएको ढिलाईले कार्यकर्तामा आएको निराशालाई मेट्न पार्टीले नयाँ कदम चाल्ने निस्कर्ष निकालेको छ । 

पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्।

नेता नेपालले असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताएका थिए । नेपाल पक्षधरनेताले तत्काल नेकपाको स्थायी समिति बैठक बोलाउन पनि माग गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।