आइतबार, वैशाख १३, २०८३

रोहितले जिते लगातार छैटौं पटक टस, नेपालले फिल्डिङ गर्दै

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले एक दिवसीय अन्तराष्ट्रियमा लगातार छैटौं पटक टस जितेका छन्।

National life

टस जितेको नेपाली टिमले युएईविरुद्ध पहिले बलिङ रोजेको छ। नेपालली कप्तान रोहित रहँदा यसअघि टस जितेको पाँचै खेलमा नेपालले जित निकालेको थियो।

त्यस्तै ति सबै खेलमा नेपालले पहिले बलिङ गरेको थियो। आज नेपाली टिम दुवई अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टिमलाई हराउने लक्ष्यका साथ मैदान उत्रिएको छ।

अहिले युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल र आयोजक  टिमको आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेल सुरु भएको छ।

दुवै टिम लिगमा आज आफ्नो ३० औं खेल खेल्दै छन्।

kumari

प्रकाशित: Mar 02, 2023| 11:45 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।