शुक्रबार, भदौ १२, २०८३

यू–१९ क्रिकेटको सात वर्ष लामो विश्वकप पखाई

नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिम अहिले विश्वकपमा पुग्ने अन्तिम प्रतिस्पर्धामा रहेको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिम अहिले विश्वकपमा पुग्ने अन्तिम प्रतिस्पर्धामा रहेको छ। युएईमा जारी यू १९ विश्वकप अन्तर्गतको एसिया छनोटमा आज नेपालले अन्तिम खेल खेल्दैछ।

यसअघिका खेलमा सानदार जित निकालेको नेपालले आज प्रतिस्पर्धिहरुमध्ये सबैभन्दा बलियो यूएईको सामना गर्न लागेको हो।

सिनियर नेपाली क्रिकेट टिमले दुई अन्तर्राष्ट्रिय रंगशालामा खेलिरहँदा यो टिमले भने मलेका क्रिकेट मैदानमा युएईकै यू–१९ टिमको सामना गर्नेछ। यो छनोटको विजेताले भने अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू १९ विश्वकपमा सहभागीता बन्न पाउनेछ।

छनोटका सबै खेलमा सानदार जित निकालेको भए पनि अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ। नेपालले पछिल्ला चार खेलमा नै सानदार नतिजाका साथ जित निकालेको छ। यद्यपी समान ८ अंक भएको यूएई नेट रन रेटको आधारमा तालिकाको पहिलो स्थानमा रहेको छ।

नेपाल सन् २०१६ पछि विश्वकपमा पुग्न सकेको छैन। सन् २०१९ को विश्वकपमा भने नेपालले युएईसँग नै हार बेहोरेर फाइनल प्रतियोगिता खेल्न पाएको थिएन्।

आज सभा ११ बजे खेल सुरु हुँदो पछिल्ला विश्वकप यात्रामा बाधा बनेको यूएईलाई हराएर विश्वकप पुग्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: Mar 02, 2023| 10:05 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।