सुर्खेत- दैलेखमा शुक्रबार तीन पटक भूकम्पको धक्का दिएको छ। दैलेखको नारायण नगरपालिका-१० भवानीमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पको पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
केन्द्रका अनुसार १२:५३ मिनेटमा गएको भूकम्प ४ रिक्टर स्केलको भूकम्पको धक्का गएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतलेका अनुसार भूकम्पको परकम्पन विस्तारै घट्ने क्रममा आइरहने छ।
भूकम्पको केन्द्रबिन्दु रहेको भवानीमा कुनै खालको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। लगातार भूकम्पको पराकम्पन गइरहेकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४