आइतबार, वैशाख १३, २०८३

नेपाली टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नियुक्त भएका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको चौथो कार्यकारी समितिको बैठकले अनेसेलाई  राष्ट्रिय टिमको मूख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो।

National life

एन्फाले केही महिनाअघि मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो। सो सूचनापछि एन्फामा १६८ जनाको आवेदन आएको थियो। प्रशिक्षकहरुको आवेदन आएपछि एन्फाको छनोट समितिले समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो। उनी अन्तवार्ताका लागि नेपाल आएका थिए। र, उनलाई एन्फाले मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

इटालियन प्रशिक्षक एनीससँग युईएफए प्रो लाइसेन्स प्रमाणपत्र छ र उन इन्डियन सुपर लिगमा नर्थ ईस्ट युनाइटेडका मुख्य प्रशिक्षक थिए। लामो समय भारतमा विताएका उनले गोकुलम केरलालाई आई लिगमा दुईवटा लिग उपाधि दिलाएका थिए।

३८ वर्षीया प्रशिक्षक सन् २०१९ मा एक वर्ष बेलीज राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पनि थिए। एनेसे इटालियन, अङ्ग्रेजी, स्पेनिस, रुसी र इन्डोनेसियाली भाषा जान्छन्। यसअघि नेपाली टिमको मूख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरी रहेका थिए। उनी प्रो लाइसेन्स नहुँदै नेपाल आइपुगेका थिए। तर उनी र खेलाडीबीच सुमधुर सम्बन्ध नभएपछि उनी बर्खास्तिको सम्मुखमा पुगेका थिए। त्यसलगत्तै उनले राजीनामा दिएका हुन्।

त्यसअघि पनि उनले दुई पटक राजीनामा दिएको घोषणा गरेका थिए। तर राजिनामा भने दिएनन्। एक वर्ष भन्दा धेरै राष्ट्रिय टिममा विताएका अलमुताइरी अहिले एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन्।

kumari

प्रकाशित: Mar 02, 2023| 09:59 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।