शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सातदोबाटोलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओलि फुटबल कपको उपाधी 

सातदोबाटोलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओलि फुटबल कपको उपाधी 

१-१ को बराबरीमै खेल सकिएपछि पेनाल्टी सुटआउटमा मछिन्द्रले ५-३ को जित निकालेको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- काठमाडौंको दशरथ रंगशालामा सम्पन्न केपी ओलि कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो युवा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मछिन्द्र क्लबले उपाधी जितेको छ।

खेलको सुरुमै गोल गरेर अग्रता बनाए पनि मछिन्द्रले त्यो अग्रता जोगाउन सकेन। पाँचौ मिनेटमा मैदानको बायाँ साइडबाट ओलावाले अफिजले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

तर सातदोबाटोका सुदिप गुरुङको पासमा ओभाना जोर्डन जुनियरले गोल गर्दै खेललाई १-१  को बराबरीमा ल्याएका थिए। खेल अवधी भरी दुवै टिमले राम्रा अवसरहरू पाए पनि सदुपयोग गर्न नसक्दा गोल हुन सकेन। १-१ को बराबरीमै खेल सकिएपछि पेनाल्टी सुटआउटमा मछिन्द्रले ५-३ को जित निकालेको हो।

प्रकाशित: Mar 01, 2023| 19:26 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।