मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुण्डा नछुटाएको प्रतिशोध : आइजीपी बर्खास्त गर्न गुहार!

गुण्डा नछुटाएको प्रतिशोध : आइजीपी बर्खास्त गर्न गुहार!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-विद्यार्थी संगठनले नेपाल प्रहरी प्रमुख आईजीपी सवेन्द्र खनालको बर्खास्तीका लागि गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको खबरले बिहीबार सामाजिक सञ्जाल ततायो ।

सत्तारुढ दलकै भ्रातृ संगठन प्रहरी प्रमुख विरुद्ध लागेको र सुशासनका लागि भ्रातृ संगठनले खबरदारी गरेको भनेर तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र तत्कालीन नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको तारिफ पनि भयो । तर, अहिले घटनाले फरक रुप लिएको छ । 

प्रहरी प्रमुख खनाललाई बर्खास्ती गर्नुको कारण बिहीबारको ज्ञापनपत्रमा बुझाएको जस्तो हैन भनेर अहिले फेरि अर्को चर्चा शुरु भएको छ । ज्ञापनपत्र बुझाउन गृहमन्त्रालय पुगेका अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका रञ्जित तामाङले बुझाएको ज्ञापनपत्र सांगठनिक नभई व्यक्तिगत भएको भन्दै संगठनभित्रैबाट खण्डन पनि भएको छ । 

उनीहरुले बुझाएको ज्ञापन पत्रको बाहिरी तथ्य निर्मला हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको र दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको नेपाल प्रहरीलाई आरोप लगाइएको छ । तर, बास्तविकता भने प्रहरी प्रमुख आइजिपी खनालले आफ्नो आग्रहलाई अस्वीकार गरेपछि लिइएको प्रतिशोध भएको खुलेको छ ।

गृहमन्त्रीलार्इ ज्ञापनपत्र बुझाउन पुगेको नवीना लामा नेतृत्वको टोली
 
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार सांसद लामाले प्रहरी प्रमुख खनाललाई ज्यानमार्ने धम्की दिएको मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामालाई छुटाउन दबाब दिएकी थिइन । तर खनालले आपराधिक गतिविधिमा संलग्न र प्रहरीले पक्राउ गरेका व्यक्तिको आवश्यक अनुसन्धान गरेर मात्र दोषी र निदोर्ष छुट्याएर कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । 

खनालको अडान नहटेपछि सांसद लामाले अर्को विकल्पका रुपमा गृहमन्त्री गुहारेको भन्दै लामाको आलोचना पनि हुन थालेको छ । 

यसअघि पनि सांसद लामाले सत्यमानलाई छुटाउन महानगरीय प्रहरी परिसर पुगेर तत्कालीन परिसर प्रमुख एसएसपी विश्वराज पोखरेललाई भेटेर दबाब दिएकी थिइन । सत्तारुढ दलकै सांसदको दबाब थेग्न नसकेपछि पोखरेलले सांसद लामाकै साथ लगाएर सत्यमानलाई पठाएका थिए । यो घटनालाई नजिकबाट नियालेका प्रमुख खनालले पक्राउ परेका जो कोही दोषीलाई आवश्यक अनुसन्धान नगरी नछाड्न निर्देशन पनि दिएका थिए । 

त्यसो उनले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहलाई पनि सत्यमानलाई छुटाउन दबाब दिएकी थिइन् । संगठनका प्रमुखको निर्देशन विपरीत नजाने सिंहको अडानपछि सांसद लामाले प्रमुख खनाललाई फोन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।  

आइजिपी खनालले कानुन पालना गराउने निकाय प्रहरीले कानुन विपरीत काम नगर्ने अडान लिएपछि आक्रोसित बनेकी सांसद लामा संगठनको नाम लिएर गृहमन्त्री गुहार्न पुगेको उनै नेतृत्वको संगठनका सदस्यहरुले आरोप लगाएका छन् । 

गृहमन्त्री रामबहादुर थापाले सांसद लामासहितको टोलीको ज्ञापन पत्र बुझेपनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको उजुरीपछि महानगरीय अपराध महाशाखाको टोलीले १९ भदौमा सत्यमानलाई ठमेलबाट पक्राउ गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।