शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : राजीनामा दिने कि अविश्वास प्रस्ताव सामना गर्ने? निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै

लुम्बिनी : राजीनामा दिने कि अविश्वास प्रस्ताव सामना गर्ने? निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै

बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने वा अविश्वास प्रस्तावको सामाना गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिने निष्कर्ष निकालेको हो।
 |  बुधबार, साउन २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

vianetvianet

बुटवल- लुम्बिनीको सत्ताधारी दल नेकपा एमाले संसदीय दलको बैठकले राजीनामा विषयमा निर्णय गर्ने जिम्मा मुख्यमन्त्री शंकर पोखरेललाई नै दिने निर्णय गरेको छ। 

बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने वा अविश्वास प्रस्तावको सामाना गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। 

'अविश्वासको प्रस्ताव संविधानको भावना विपरीत छ। संविधानको पालनकर्ताबाट नै अविश्वासको प्रस्ताव दर्ता गर्ने काम भएको छ। यसको विरोध हामीले गरिरहेका छन्। मुख्यमन्त्री पोखरेललाई नै संसद बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय दिने अधिकार दिइएको छ। उहाँको निर्णयकै आधारमा नै एमाले अघि बढ्ने छ,' उनले भने।  

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलप्रतिको अविश्वास प्रस्तावमाथि बुधबार दिउँसो छलफल हुने भएपछि एमाले संसदीय दलकाे बैठक बसेकाे थियाे।  'याे राजनीतिक निर्णय हाे, मुख्यमन्त्रीले नै गर्नुहुनेछ,' प्रमुख सचेतक ढकालले भने। 

एमाले सांसद लिला गिरिले अविश्वासको प्रस्तावविरूद्ध सर्वोच्चमा रिट दायर गरेकाले त्यसकाे निर्णय कुर्दै मुख्यमन्त्री पोखरेलको राजीनामा दिनेबारे तत्काल कुनै निर्णय नभएको  बुझिएको छ।

प्रकाशित: Aug 11, 2021| 10:30 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।