काठमडौं- तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् ।
अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको र उनीमाथि आवाश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रहरीका अनुसार ज्ञवालीलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको छ । आज नै उनलाई अदालतमा उपस्थित गराइने तयारी भएको छ।
ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले ज्ञवालीविरुद्ध साढे ४ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
तत्कालिन किष्ट बैंकका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैंकिङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४