मंगलबार, साउन ५, २०८३

आकाशियो डलर : १ डलर किन्न ११८ रुपैयाँ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- अमेरिकी डलरको भाउ अहिलेससम्मकै सर्वाधिक महँगो भएको छ। निरन्तर उकालो लागिरहेको अमेरिकी डलरले पुरानो रेकर्ड तोड्दै शुक्रबार सर्वाधिक ११८ रुपैयाँभन्दा माथि पुगेको हो।

राष्ट्र बैंकले शुक्रबारका लागि एक डलरको बिक्री दर ११८.०३ रुपैयाँ तोकेको छ। अमेरिकी डलरसँग नेपाली रुपैयाँ मात्र नभएर संसारका लगभग सबै मुलुकका मुद्रा अवमूल्यन भएका छन्। 

डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ। डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ।

अर्थशास्त्रीहरूले डलरको भाउ अझै बढ्ने दाबी गरेका छन् । एक डलर बराबर एक सय २० रुपैयाँसम्म पुग्न सक्ने उनीहरूको आकलन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।