शुक्रबार, फागुन १, २०८२

प्रधानमन्त्री दाहालद्वारा च्यासल रंगशालाको उद्घाटन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए। 
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासल रंगशालाको मंगलबार उद्घाटन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए। 

प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट वृद्धि गर्ने प्रतिबद्धता जनाए।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्यासल रंगशालाको बारेमा जानकारी गराउदै दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए।
करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार २ सय ३६ रहेको छ। २०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरवृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो। कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो। च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया,सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन्।

प्रकाशित: Feb 28, 2023| 20:42 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।