शुक्रबार, फागुन १, २०८२

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली वादोरियो करातेको  टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। महिला ५० केजीमा श्रेया राईले प्रतिस्पर्धा गर्ने छिन्।
सोही प्रतियोगिताका लागि टोली नेता दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी र व्यवस्थापक जनेश पन्थी भने बुधबार श्रीलंका प्रस्थान गर्दै छन्।
टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: Feb 28, 2023| 20:37 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।