मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • पल्सर स्पोर्टस अवार्डः को-को परे वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा?

Siddartha premir insuranceSiddartha premir insurance

पल्सर स्पोर्टस अवार्डः को-को परे वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा?

यो वर्षको फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने आयोजकले जानकारी दिएको छ।
 |  मंगलबार, फागुन १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८’ अन्तर्गत चार विधाको मनोनयन आज मंगलबार सार्वजनिक गरेको छ।

triton college

काठमाडौंमा उसले पत्रकार सम्मेलन आयोजना गर्दै वर्ष पुरुष, महिला लागयत विधाको मनोनयन सार्वजनिक गरेको हो। वि सं २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको पल्सर स्पोट्स अवार्डमा पुरुषतर्फ फुटबलका किरण चेम्जोङ र अन्जन विष्ट मनोनयनमा परेका छन्। त्यस्तै, क्रिकेटका कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी पनि रहेका छन्।

वर्ष खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दहालसमेत रहेका छन्। त्यस्तै महिलातर्फ क्रिकेटकै दुई खेलाडी रहेका छन् राष्ट्रिय टिमकी कप्तान समेत रहेकी रुविना क्षेत्री र सिता राना मगर मनोनयनमा परेका छन्। त्यस्तै, भलिबलकी अरुणा शाही, एथ्लेटिक्सी पुष्पा भण्डारी बक्सिङकी पुनम रावल वर्ष खेलाडीको मनोनयनमा पर्न सफल भएका छन्।

‘खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मदत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकुद क्षेत्रमै सर्वाधिक प्रतिष्ठित कार्यक्रम हो,’ खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

यो वर्षको फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने आयोजकले जानकारी दिएको छ। खेलाडी छनोट समितिले उपलब्ध गराएको यस्तो छ वर्ष खेलाडीको उपलब्धि।

Metro Mart
vianet

कुशल भुर्तेल  (क्रिकेट)
कुशल गत आयोजना भएको नेपाल मलेसिया र नेदरल्इान्डको त्रिदेशीय सिरिजबाट नेपाली क्रिकबेटमा चम्किएका खेलाडी हुन्। उनी सो वर्ष नेपालको दोश्रो सर्वाधिक रनकर्ता रहे भने उनले २८ खेलमा एक शतक र सात अर्धशतकसहित ८१६ रन बनाएका थिए।

टि२० अन्तर्राष्ट्रियमा सुरका ती खेलमा नै लगातार तीन अर्धशतकसहित विश्व कीर्तिमान उनले बनाएका थिए। डेब्यू शृङ्खलामै प्लेयर अफ द सिरिज घोषित भएका कुशल एकै टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रन (२७८) को कीर्तिमान बनाएका थिए। त्यति मात्र होइन उनी आइसीसी प्लेअर अफ दि मन्थमा पनि मनोनयन भए भने प्रधानमन्त्री कपमा सर्वश्रेष्ठ ब्याट्सम्यान रहे। 

टि–२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध शतक र ओमानविरुद्ध अर्धशतक। पाँच खेलमा १०२.५ को औसतले २०५ रन बनाउदै प्रतियोगिताकै तेस्रो सर्वाधिक र नेपालको सर्वाधिक रनकर्ता बनेका थिए। आईसीसी विश्वकप लिग–२ को पदार्पणमा अमेरिकाविरुद्ध ८४ रन तथा तीन क्याच लिएर प्लेयर अफ द म्याच घोषित भएका थिए।

दिपेन्द्र सिंह ऐरी (क्रिकेट)
नेपाली क्रिकेटको सदाबहार उत्कृष्ट ब्याटर हुन दिपेन्द्र सिंह ऐरी। राष्ट्रिय क्रिकेट टिमको पूर्वकप्तान पनि रहेका उनले अघिल्लो वर्ष खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनकर्ता (१८ खेलमा ८३५ रन बनाउनुका साथै २० विकेट) बनेका थिए।

नेदरल्यान्ड र मलेसियाविरुद्धको टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामापाँच खेलमध्ये चार पालिमा ७३.५० को औसत र २१६.१७ को स्ट्राइक रेटमा दुई पटक अविजित रहँदै उनले पपुवा न्युगिनी र मलेसियाविरुद्ध त्रिदेशीय टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसिया विरुद्ध ११० रन बनाएका थिए। जुन टि–२० मा नेपाली ब्याटसम्यानको व्यक्तिगत सर्वाधिक स्कोर हो।

पपुवा न्युगिनी विरुद्धको जितमा प्लेयर अफ द म्याच घोषित हुँदा  उनले ३८ बलमा अविजित ५४ रन बनाउनुको साथै १८ रन खर्चेर ४ विकेट लिएका थिए। साथै उनी टि–२० विश्वकप छनोटमा युएई २०२२ मा नेपालको सर्वाधिक रनकर्ता बनेका थिए।

अञ्जन विष्ट (फुटबल)
अन्जन विष्ट नेपाली फुटबलको अहिलेको सबैभन्दा मेहेनेती खेलाडीसमेत हुन्। राष्ट्रिय फुटबल टिमका फरवार्ड विस्टले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए। त्यस्तै, उनले १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गरेर नेपाललाई फाइनलसम्म पुर्याउन सफल भएका थिए।

यता कोभिड १९ को महामारीबीच आयोजना भएको एनएसलमा उनी सर्वश्रेष्ठ फरवार्ड घोषित भएका छन्। उनी अहिले आई लिग खेल्नका लागि भारतमा छन्।

किरण चेम्जोङ (फुटबल)
नेपाली राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक क्याप धारी खेलाडी हुन किरण चेम्जोङ। उनले जति खेल खेल्नेछन्। त्यो राष्ट्रिय कीिर्तमान बनिरहने छ। अहिलेसम्म उच्च फर्ममा रहेका उनले नेपाली टिमलाई माल्दिभ्समा आयोजना भएको  साफ च्याम्पियन्सीपमा फाइनलसम्म पुर्याएका कप्तान रहे।

उनले राउन्डग्लास पञ्जाबलाई आइलिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै आइलिगमा सर्वश्रेष्ठ गोलरक्षक बनेका किरण त्यस टिमको कप्तानसमेत हुन। उनले नेपाल सुपर लिग (एनएसल)मा धनगढी एफसीलाई उपविजेता बनाएका थिए भने अफ्रिकी राष्ट्र मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेलमा पेनाल्टी सेभ गरेर नेपाललाई विजेता बनाएका थिए।

प्रिन्स दाहाल (ब्याड्मिन्टन)
विश्व ब्याड्मिन्टन महासंघले प्रकासित सूचीमा विश्वका नम्बर एक जुनियर ब्याड्मिन्टन खेलाडी बन्न सफल रहे प्रिन्स दहाल। लिनिङ ११ औँ पुष्पलाल स्मृति र्याकिंग राष्ट्रिय ब्याट्सम्यान प्रतिया्गिता २०७८ मा स्वर्ण पदक जितेका उनले योनेक्स सनराइज चौथो जेस्ट राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप, दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय र्याङकिङ ब्याड्मिन्टन प्रतियोगितामा पनि स्वर्ण जिते।

वर्षका सर्वश्रेष्ठ महिला खेलाडी मनोनयन

सीता राना मगर (क्रिकेट)
महिलातर्फमा क्रिकेटकी सिता राना मगर मनोनयनमा परेकी छन्। नेपाली क्रिकेटकी सबैभन्दा ख्यातिप्राप्त अन्तराष्ट्रिय क्रिकेटर हुन सिता। उनले अघिल्लो वर्ष नेपालको सर्वाधिक रनकर्ता तथा दोश्रो सर्वाधिक विकेटकर्ताको रेकर्ड बनाइन्। सात खेलमा उनले २२१ रन तथा ८ विकेटलिएकी थिइन्। त्यस्तै, कतार भ्रमणअन्तर्गत टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा अविजित ८२ रन बनाउँदा उनी नेपाली महिला क्रिकेटको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक व्यक्तिगत स्कोरर पनि हुन्।

आईसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको तर्फबाट उनले सर्वाधिक रन र विकेट लिएकी थिइन्। पाँच खेलमा १०० रन तथा छ विकेट लिएकी सिता दुई खेलमा प्लेयर अफ द म्याच बनेकी थिइन्।

घरेलु क्रिकेमा पनि उनको आफ्नै छाप छ। उनले आफ्नै कप्तानीमा एपीएफलाई प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगिता, ललितपुर मेयर महिला च्याम्पियनसिप जिताउन सफल भएकी छन्। 

रुबिना क्षेत्री (क्रिकेट)
राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री वर्ष २०७८ मा नेपालको सर्वाधिक विकेटकर्ता बनिन्। उनले आठ खेलमा नौ विकेट तथा ९६ रन पुरा गरेकी छन्।

उनको कप्तानीमा कप्तानीमा कतारविरुद्ध ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा जित निकालेको थियो। सिरिज ३–० ले क्लिन स्विप गर्दा प्लेयर अफ द सिरिज घोषित भइन रुविना।

आफ्नो कप्तानीमा प्रदेश–१ लाई प्रधानमन्त्री कप टि–२० को फाइनल पुर्याउन सफल। सो प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित भएकी उनी अघिल्लो वर्ष युएईमा आयोजना भएको उमन इन्भिन्सिभल महिला टी २० क्रिकेटमा आर्मी बार्मीबाट खेलेकी थिइन्।

अरुणा शाही (भलिबल)
नेपाली भलिबकी कुलेस्ट कप्तान हुन अरुणा शाही। उनको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि जितेको थियो। नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो।

राष्ट्रिय टिमको सेटर रहेकी उनी सो प्रतियोगिताको बेस्ट सेटर घोषित भएकी थिइन्। यता उनले छैटौँ एनभीए कपमा पनि बेस्ट सेटरको उपाधि जितेकी थिइन्।

पुनम रावल (बक्सिङ)
नेपाली बक्सिङको प्रतिनिधित्व गर्दै अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा पुगेकी पुनम रावलले थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा ६० केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन्। सन् २०१० मा दीपक महर्जनले जितेको कांस्य पदकपछि उनले नै नेपाली क्सिङमा दिलाएको पहिलो पदक हो। १३ वर्षअघि नेपालले पदक जित्दा त्यसबेला सो प्रतियोगिता किङ्स कपका नाममा हुने गर्दथ्यो।

पुष्पा भण्डारी (एथलेटिक्स)
विसं २०७७ मा एकमात्र अन्तर्राष्ट्रिय उपाधि जितेकी नेपाली धाविका पुष्पा भण्डारीले दोस्रो बङगबन्धु शेख मुजीब ढाका म्याराथन २०२२ मा उपाधि रक्षा अभियानमा काश्य पदक जितिन्।

उनले केटिएम सिटी टेनके रन २०२२ स्वर्ण, दशौँ धरान रन टेनके रन, किसुनजी मेमेमारियल ओपन महिला तथा पुरुष राष्ट्रिय हाफ म्याराथनमा स्वर्ण जितेकी छन।

त्यस्तै, धारा नेपालगञ्ज म्याराथन, प्रोटिन हाफ म्याराथन र तेस्रो गणेशमान सिंह टेनके रनमा उनले रजत जितेकी छन्।
पल्सर स्पोर्टस अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिने आयोजकले जानकारी दिएको छ। अन्य ५ विधामा ५–५ खेलाडी मनोनयन कार्यक्रमअगाडि नै सार्वजनिक गर्ने प्रचलन छ। त्यसअनुसार पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ। 

पिपल्स च्वाइस विधाको मनोनयनमा यो वर्ष क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन्। ‘कोरोनाकै कारण वर्ष २०७८ पनि प्रभावित रह्यो। वर्षभर कमै प्रतियोगिता भए भने नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता पनि कमै मात्रामा रहेको थियौं। त्यसले गर्दा खेलाडी छनोट गर्न नै हामीलाई कठिन भयो,’ खेलाडी छनोट समितिका सदस्य रहेका प्रजित शाक्यले भनेका छन्।

प्रकाशित: Feb 28, 2023| 17:25 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।