आइतबार, मंसिर २८, २०८२

नेपालले निकाल्यो १० विकेटको सानदार जित

पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई दिएको ७३ रनको सानो लक्ष्य प्रस्तुत गरेको थियो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं – नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटका चार खेलमा लगातार जित निकालेको छ। छनोटको चौथो खेलमा मलेसियामाथि १० विकेटको सानदार जित निकाल्दै नेपालले जितको यात्रालाई कायम राखेको हो।

National life

पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई दिएको ७३ रनको सानो लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले कुनै पनि विकेट नगुमाइकन लक्ष्य पुरा गरेको हो। लक्ष्य पुरा गर्ने क्रममा नेपालले लामो समय खेल्नै परेन।

मलेसियाका मुहम्मद अक्रम मालेकले २६, मुहम्मद सायाहिरले १२,  मूहम्मद हरिसानले १२ रन बनाएका थिए।बलिङतर्फ, नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट र मिलन बोहोराले २ विकेट लिए।

जवाफमा नेपालले ९ ओभरमै लक्ष्य पूरा गर्यो । ओपनर दिपक बोहराले ३८ अर्जुन कुमालले २१ रन बनाए। दुवै खलाडी अविजित रहे।

पहिलो पारीमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३५।३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो। अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ। नेपाल विजेत हुने लक्ष्यका साथ युएइ पुगेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 28, 2023| 16:32 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।