शुक्रबार, कात्तिक ७, २०८२

सन्दीपलाई यूएई पठाउन क्यानले माग्यो आईसीसीसँग अनुमति

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका लागि क्यानले अनुमति मागेको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– नाबालिग बलात्कार मुद्दामा पाटन उच्च अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध सर्वोच्च अदालतले फुकुवा गरेसँगै क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ।

Kumaribank

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका विषयमा युएई पठाउन अनुमति मागिएको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए।

नेपालको शनिबार १५ सदस्यीय टिम खेलका लागि यूएई गएको थियो। आइतबार पहिलो खेल  खेलिसकेको नेपालले बाँकी तीन खेलका लागि सन्दीपलाई टिममा अटाउन क्यानले पहल थालेको हो। यद्यपि कुन खेलाडीको स्थानमा सन्दीपलाई पदस्थापन गर्ने भन्ने निर्णय अहिलेसम्म भइसकेको छैन।

यसमा आईसीसीले निर्णय दिइसकेको छैन। क्यानले नेपालमा भएको शृंखलाअघि १४ जना खेलाडीको नाम आईसीसीमा दर्ता गराएको थियो। १४ मध्ये सन्दीप पनि समावेश रहेकाले सोही आधारमा टिममा राख्ने प्रयास क्यानले गरेको हो। 
आईसीसी अनुमति दिए सन्दीपलाई युएई पठाउन आजै भिसा आवेदन दिइने पाठकले बताए।

प्रकाशित: Feb 28, 2023| 11:39 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।