शुक्रबार, फागुन १, २०८२

सेभेन थ्रि स्पोर्ट्ससँगको सम्झौता क्यानद्वारा रद्द

उसले साधारण सभा सकिएपछि प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्पनी सेभेन(थ्री स्पोट्ससँगको सम्झौता रद्द गरेको जानकारी दिएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं –  नेपालका क्रिकेट संघ क्यानको सुर्खेतमा सम्पन्न साधारण सभाले भारतीय कम्पनी सेभेन,थ्री स्पोर्टस प्रालिसँगको सम्झौता रद्द गरेको जानकारी दिएको छ।

National life

उसले साधारण सभा सकिएपछि प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्पनी सेभेन(थ्री स्पोट्ससँगको सम्झौता रद्द गरेको जानकारी दिएको हो। साथै क्यानले सो कम्पनीले क्यानलाई तिर्न बाँकी रहेको बक्यौता रकम असुर गर्नका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको छ।

उसले गएको पुषमा सम्पन्न भएको नेपाल टी २० लिगमा सेभेन थ्रि स्पोट्सलाई  कर्मसीयल र रणनीतिक साझेदार कम्पनीका रुपमा सम्झौता गरेको थियो। 

‘नेपाल टी–२० लिग आयोजना सम्बन्धमा नेपाल क्रिकेट संघ र भारतीय कम्पनी सेभेन–थ्री स्पोट्स प्रालिका बीच आठ संस्करणको सम्झौता भई लिगको पहिलो संस्करण मिति २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भइसकेको तर, लिगका कर्मसीयल र रणनीतिक साझेदार सेभेन थ्री स्पोट्स ले मिति २०७९ पुस ७ गते नेपाल क्रिकेट संघसँग भएको दोस्रो संशोधित सम्झौता बमोजिम कार्य नगरेको साथै स्पट फिक्सिङमासमेत निज कम्पनीका सञ्चालक जतिन आलुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको भनी मिति २०७२ फागुन ५ मा सम्मानित काठमाडौं जिल्ला अदालतमा समेत अभियोगपत्र दर्ता भएको हुँदा उक्त सेभेन श्री स्पोइस प्रालिसँग भएको आठ वर्षीय (संस्करण) संझौता रद्द गर्ने निर्णय सर्वसम्मतिले पारित गरिय,’ विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित: Feb 27, 2023| 19:27 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।