शुक्रबार, फागुन १, २०८२

लिग २: युएईमा नेपालको पहिलो जित

ब्याटर कुशल भुर्तेले अर्धतक पुरा गरेका खेलमा नेपालले पिएनजीलाई चार विकेटले हराएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं – पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले चार विकेटको जित निकालेको छ। ब्याटर कुशल भुर्तेले अर्धतक पुरा गरेका खेलमा नेपालले पिएनजीलाई चार विकेटले हराएको हो।
युएइमा जारी आइसिसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाललाई पपुवा न्युगिनियाले २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ५० ओभरमा पिएनजीले ९ विकेट गुमाउँदै २०३ रन बनाएपछी नेपालले २०४ रनको लक्ष्य पाएको हो। जवाफमा नेपालले ३० बल बाँकी रहँदै चार छ विकेट गुमाएर लक्ष्य पुर गरेको हो।
दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुशल भुर्तेलले अर्धसतक पुरा गरेर आउट भए। कुशल २३ ओभरको अन्तिम बलमा ५६ रन बनाएर आउट भए थिए। उनले पाँच चौका प्रहार गरे। कुशललाई आशाद भालाले आउट गराएका थिए।
त्यस्तै कुशलले पहिलो विकेटका लागि ओपनर आशिफ शेखसँग ७६ रनको साझेदारी गरेका थिए। खेलको १५ ओभर पाँच बलमा आशिफ रनआउट भएका थिए।
नेपालका लागि रोहित पौडेलले २०, आरिफ शेखले ३३ र दिपेन्द्र सिंह ऐरीले १२ रन बनाएका थिए। खेलमो १२ रन बनाएका शुकल मल्ल अविजित रहे। नेपालविरुद्ध पिएनजीका आसादले तीन विकेट लिएका थिए।
पहिलो पारीमा पिएनजीका चाड सोपरले अविजित सर्वाधिक ३६ रन बनाए भने आसाद भालाले पनि ३६ रन नै बनाए। टोनी उरा २, किप्लिन डोरिगाले २९, से से बाउले ३१ र  हिरि हिरिले १० रन बनाएका थिए। अन्तिममा नमन भाउनाले २५ रन बनाएका थिए।
नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने, कुशल मल्ल ले २ साथै सोमपाल कामी, करण केसी र डेब्युटान प्रतिस जिसीले १–१ विकेट लिए।

प्रकाशित: Feb 27, 2023| 19:00 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।