शुक्रबार, कात्तिक ७, २०८२

सातदोबाटो र मछिन्द्र केपी ओली कपको फाइनलमा

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सोमबार सम्पन्न भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सोमबार सम्पन्न भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।

मछिन्द्रका लागि पहिलो हाफमा विमल घर्तिमगरले गोल गरेका थिए। उनले डिफेन्डर रन्जित धिमालको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
यता, आइतबार वर्षाको कारण रोकिएको पहिलो सेमीफाइनल खेल पनि सोमबार सम्पन्न भएको छ। सडन डेथसम्म पुगेको सो सेमीफाइनल खेलमा सातदोबाटो युवा क्लबले विभागीय क्लब त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
यता मछिन्द्र क्लब भने झापामा आयोजित भद्रपुर झापा गोल्डकपको पनि फाइनलमा पुगेको छ। यसकारण उनसले तीन दिनमा लगातार तीन खेल खेलेको छ।

प्रकाशित: Feb 27, 2023| 18:14 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।