शुक्रबार, कात्तिक ७, २०८२

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

छनोटको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो। 
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं-  नेपाली यू-१९ टिमले आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा लगातर तेस्रो जित निकालेको छ। छनोटको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो। 

Kumaribank

यूएईको मलेका क्रिकेट मैदानमा १ सय २१ रनको लक्ष्य पाएको नेपालले २२ ओभरमै १ विकेट गुमाएर आवश्यक रन पुरा गरेको हो। नेपाललाई जितसम्म पुर्‍याउनको लागि आकाश त्रिपाठीले त्रिपाटीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए। त्यस्तै, ब्याटर उत्तम थापाले ५० बलमा ४ चौकाको साथ अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए। 

खेलमा सुरुआति ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुदै १ सय २० रन जोडेको थियो। हङकङका लागि पर्थ भागवातले ३६ रन र मोहम्मद जाहिरले २९ रन बनाएका थिए। बलिङतर्फ नेपालका लागि हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले समान २–२ विकेट गिराएका थिए भए एक विकेट लिनेमा दीपेश कंडेल रहे। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।

अब नेपालले आफ्नो चौथो खेलमा भोलि मंगलबार मलेसियाको सामना गर्नेछ। त्यस्तै,  नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।

प्रकाशित: Feb 27, 2023| 18:04 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।