मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतलाई हराउँदै नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

वेष्ट अफ थ्री को सेटमा भएको खेलमा नेपालले भारतलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो।
 |  सोमबार, फागुन १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

triton college
Metro Mart
vianet

काठमाडौं- भारतको केरलामा जारी २५औं विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ। वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा नेपालले भारतलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

खेलको पहिलो सेट नेपालले भारतलाई १५–९ ले जितेको भए पनि नेपाल दोस्रो सेट भारतसंग १४–१६ ले गुमाउन पुगेको थियो। तर तेस्रो सेटमा तालमेल मिलाउँदै भारतलाई १६–१० ले पराजित गरेर क्वाटरफाइनल प्रवेश गरेको हो। नौ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ।
खेलाडीको साथमा फुटभली संघ इन्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन्। उनलाई केराला कर्पोरेसनका प्रमुख मेयर डा. विना फिलिपले स्वागत गरेकी थिइन्। प्रशिक्षक राजुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी रहेका छन्।

प्रकाशित: Feb 27, 2023| 14:07 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।