शुक्रबार, फागुन १, २०८२

काठमाडौंमा टेबलटेनिस अन्तर्गत ३४ विधाका खेल हुँदै

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ। आयोजक संघले आज आइतबार प्रतियोगिताको घोषणा गरेको हो।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ विधामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार पाउने छन्। फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रकाशित: Feb 26, 2023| 14:51 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।