शुक्रबार, कात्तिक ७, २०८२

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक सूचना जारी गर्दै छनोट खेल नेपालमा हुने जानकारी दिएको हो।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- अर्को वर्ष पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालले आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक सूचना जारी गर्दै छनोट खेल नेपालमा हुने जानकारी दिएको हो।

Kumaribank

छनोटको पहिलो चरण अन्तर्गत नेपाल समूह  ‘सी’ मा रहेको छ। साही समूहको खेल नेपालमा हुन लागेको हो।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका छन। तर युद्धग्रस्त प्यालेस्टाइनले छनोटअघि नै नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेका छन्। त्यसैले नेपालले घरेलु मैदानमा भियतनाम र अफगानिस्तानसँग खेल्नेछ।

छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि २८ गतेसम्म हुनेछ। पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन्।

यता एसियाका शीर्ष बरियताका केही देशहरु, उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन्। यी पाँच टिमसँगै पहिलो चरणबाट छनोट भएका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरेर खोलाउने ओलम्पिकले जारी गरेको तालिकामा उल्लेख छ। 

Metro Mart

दोस्रो चरणको छनोटबाट तीन समूहको एकए विजेता र उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन्। त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ । नेपालले ओलम्पिक तयारीका क्रममा भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेल बराबरीमा सकिएका थिए।

प्रकाशित: Feb 26, 2023| 13:45 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।